Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

न्यूजील्यान्डसँग भारत ८० रनले पराजित

   
677   पटक पढिएको

काठमाडौं । पहिलो टी-२० क्रिकेट खेलमा भारत घरेलु टोली न्यूजील्यान्डसँग फराकिलो अन्तरले पराजित भएको छ ।

तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजील्यान्डले भारतलाई ८० रनले पराजित गरेको हो । वेलिङटनमा न्यूजील्यान्डले दिएको २२० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो ।

भारतका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेन । भारतका महेन्द्रसिंह धोनीले ३९, शिखर धवनले २९ र विजय शंकरले २७ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिएपछि भारतले फराकिलो हार ब्यहोरेको हो । बलिङतर्फ भने न्यूजील्यान्डका टिम साउथीले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार पारेको थियो । न्यूजील्यान्डका लागि ओपनर टिम सेर्फटले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बलमा ८४ रन बनाए ।

उनले सात चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै कुलिन मुनरो र कप्तान केन विलियम्सनले समान ३४-३४ रन बनाए । जितसँगै न्यूजील्यान्डले तीन खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया