Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आईपीएलको ड्र सार्वजनिक, सन्दीपको टीमले पहिलो खेल मुम्बईसँग खेल्ने

   
863   पटक पढिएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ड्र (खेल तालिका) सार्वजनिक भएको छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले आईपीएलको ड्र मंगलबार सार्वजनिक गरेको हो ।

ड्र अनुसार पहिलो खेल २३ मार्चमा हुने भएको छ । उद्घाटन खेलमा साविक विजेता चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

चेन्नाई भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको टिम हो भने बेंग्लोर अहिलेका कप्तान विराट कोहली रहेको टिम हो । त्यस्तै, दोस्रो खेलमा कोलकात्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादसँग २४ मार्चमा प्रतिस्पर्धा गर्नेछ ।

२४ मार्चमै हुने दोस्रो खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया