Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एउटा शर्माको चर्चा सेलाउन नपाउदै अर्का शर्माको तहल्का र ताली पाउने गित "दलीत"बजारमा (हेर्नुहोस भिडियो )

   
1351   पटक पढिएको

पुश्कल शर्मा । धेरैको मन मुटुमा बस्न सफल निकै लोकप्रिय नाम हो यो । नेपाली गीत संगीतमा थोरै मात्र यस्ता कलाकार छन ति भित्र एक नम्वरमा पर्दछन पुश्कल शर्मा ।

आफुलेनै उत्कृष्ट अभिनय,निर्देशन,लय तथा शब्द सिर्जना गर्न सक्ने तेतीमात्र होइन निकै सुमधुर स्वरमा आवाज समेत दिन सक्ने लोकप्रिय गायक शर्माले पछिल्लो समय अभिनय र निर्देशन मार्फत पनि सबैको मनमा छुट्टै स्थान बनाउन सफल भएका छन ।

उनै बहुप्रतिभाका धनि लोकप्रिय गायक पुस्कल शर्माको समाज परिर्वतनको लागी कोशेढुङ्गा सावित हुने नयाँ गीत दलित भर्खर मात्र सार्वजनिक भएको छ । हाम्रो समाजमा जातियताको आधारमा विभेद गरिने चलन रहेको छ जुन कुरा कानुनीरुपमै गलत हो ।

आजको दिन सम्म आइपुग्दा पनि नेपालमा अझ पनि छुवाछुत र उचो निचोको भेदभाव हुँदै आएको कुरा सर्बविदितै छ । समाजमा रहेको यहि विकृतिलाई चिर्नको लागी शर्माले नयाँ गीत लिएर स्रोता दर्शक माझ आएका छन । दलित भनेर हेला गरेका एक युवाले उच्च जात भनिने युवतीसँग प्रेम गर्दछन अनि त्यो प्रेम सफल बनाउन आफ्नो बलिदानी समेत दिन्छ ।

यहि मुख्य विषयमा उनको पछिल्लो गीत केन्द्रित छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतमा सुरेश श्रेष्ठले क्यामरा चलाएका छन भने दिपक विष्टले गीतको सम्पादन गरेका छन ।

पुश्कल शर्माको लय तथा शब्द सिर्जना साथै निर्देशन समेत रहेको गीतमा पुश्कल शर्मा र सारिका केसीको अभिनय देख्न सकिन्छ । शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतले धेरै भन्दा धेरै दर्शक स्रोताको मन जित्नेमा हामी आशावादी रहेका छौं,शर्माले गीत सार्वजनिक भए पछि हामी सगँ कुरा गर्दै बताउनु भयो ।

हाम्रो तर्फबाट पनि शर्माको गीतलाई सफलताको लागी शुभकामना । गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस अनि मन परे शेयर पनि गर्नुहोस

#action=share">भिडियो हेर्नको लागि यँहा क्लीक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया