Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जिल्ला क्रीकेट विकास समिति अर्घाखाँचीको मातहतमा छत्रदेव क्रीकेट विकास समिति गठन

   
897   पटक पढिएको

सन्धिखर्क ,१५ फागुन । जिल्ला क्रीकेट विकास समिति अर्घाखाँचीको मातहतमा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा छत्रदेव क्रीकेट विकास समिति गठन भएको छ। बि. स. २०७५ फागुन १४ गते मंगलबार सचिन पाण्डे र फिरोज मियाको सल्लाहकार तथा सुरज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो।

समितिको उपाध्यक्षमा नारायण पाण्डे, सचिवमा सुरज पौडेल, सह सचिवमा अनिस मिया र कोषाध्यक्षमा सुमित्रा खनाल हुनुहुन्छ। त्यस्तै समितिको सदस्यहरुमा प्रकाश डम्बरपाल, प्रेम अधिकारी, मनोज थापा, बिजय पाण्डे, प्रबिन पाण्डे र दिपक पाण्डे हुनुहुन्छ। सिमित स्रोत साधनका बिच विश्व जगतको क्रीकेट क्षेत्रमा नेपालको सफलताले देशका कुना कुनामा क्रीकेट क्रेज बढिरहेको बेला अर्घाखाँची जिल्लामा पनि पछिल्लो समयमा क्रीकेटको क्रेज निकै बढीरहेको छ।

जिल्लामा हुने कयौं सानाठूला प्रतियोगिता, जिल्ला क्रीकेट विकास समिति गठन, आठौं राष्ट्रिय खेलकुदको जिल्ला छनोट सम्पन्न गरि प्रदेश छनोटमा सहभागी, नेपाली क्रीकेट समर्थक समाज - अर्घाखाँची गठन आदि। अर्घाखाँची जिल्लाका पछिल्ला उपलब्धि हुन।

त्यस्तै अर्घाखाँची जिल्लाका प्रत्येक स्थानीय तहमा क्रीकेट विकास समिति गठन गर्न जिल्ला क्रीकेट विकास समिति अर्घाखाँची लागिरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया