Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ग्लेन म्याक्स्वेलको शानदार शतकमा अस्ट्रेलियाले जित्यो टि-२० सिरिज : भारत सात विकेटले पराजित

   
753   पटक पढिएको

एजेन्सी।भारत र अस्ट्रेलियाबिचको दोस्रो टि-२० अन्तर्राष्ट्रिय अन्तर्गत टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको अस्ट्रेलियाले १९१ रनको विशाल बिजय लक्ष्य पाएको थियो।

भारतका लागि केएल राहुल, कप्तान बिराट कोहली र महेन्द्र सिङ धोनिले उत्कृष्ट योगदान दिएका थिए। राहुलले २६ बलको सामना गर्दै चार छक्का र तीन चौकाको मद्द्तले ४७ रनको योगदान दिएका थिए। त्यस्तै कप्ता बिराट कोहलिले भने ३८ बलको सामना गर्दै ६ छक्का र दुई चौकाको मद्दतले ७२ रनको अबिजित पारी खेले।

त्यस्तै महेन्द्र सिङ धोनिले २३ बलको सामना गर्दै तीन चौका र तीन छक्काको मद्दतले ४० रनको योगदान दिए। १९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका टप अर्डरले राम्रो प्रदर्शन गर्न नसकेता पनि ग्लेन म्याक्स्वेलले नायकीय पारी खेले। अस्ट्रेलियाका लागि डि आर्सी सर्टले २८ बलको सामना गर्दै छ चौकाको मद्दतले ४० रनको योगदान दिए।

म्याक्स्वेलले आफ्नो तेस्रो टि-२० शतक लगाए। म्याक्स्वेलले ५५ बलको सामना गर्दै ९ छक्का र सात चौकाको मद्दतले ११३ रनको नायकिय पारी खेले।

ग्लेन म्याक्स्वेलले अन्तिम सम्म टिकेर आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्दै अस्ट्रेलियालाई रोमान्चक जित दिलाए। जित सङ्गै अस्ट्रेलियाले शृङ्खलामा पनि २-० को जित हासिल गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया