Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्कमा नगर स्तरीय अन्तर माबि भलिबल प्रतियोगिता सम्पन्न: उपाधि ग्रीन बोर्डिंगलाई (तस्विर सहित )

   
829   पटक पढिएको

तस्विरहरु अर्घाखाँची आवसायि बोर्डिंग स्कुलको फेसबुक वालबाट साभार 

सुर्य भुसाल ,सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ ले आयोजना गरेको बिद्यालय स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

भलिवलमा छात्रा तर्फ ग्रिन बोर्डिंग स्कुल प्रथम,द्वितीय गाैरिशकर बोर्डिंग र अर्घाखाचि आवसायि तृतीय भएका छन् ।यस्तै छात्र तर्फ अर्घाखाँची आवसिय प्रथम,द्वितीय युवावर्षा जनता रवि चित्रमावि र तृतीय ग्रिन बोर्डिंग स्कुल भएका छन् ।

सो समारोहलाई सम्बोधन गर्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले मानिस स्वास्थ र अनुसासित रहनका लागि खेलकुद महत्त्वपूर्ण हुने बताउनु भएको छ ।

नगरप्रमुख भुसालले नगरपालिका भित्र खेल मैदानहरु निर्माण गर्ने र जिल्ला मा खेलाडीहरु उत्पादन गर्ने तर्फ आफुहरु केन्दित रहेको बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिकले खेलकुदको विकासका लागि नगरपालिका स्तरीय बिभिन्न खेलहरु आयोजना गर्ने तैयारी भईरहेको बताउनु भयो ।

उहाँले अर्घाखाँचीबाट राष्ट्रिय खेलाडि उत्पादन गरि जिल्लाको ईज्जत् सान र प्रतिस्ठा बढाउने तर्फ केन्दित भई नगरपालिकाको बजेटबाट खेल मैदानहरु निर्माण गर्न लागिएको बताउनुभयो । कार्यक्रम वार्ड अध्यक्ष मोतिजग रायमाझीको अध्यक्षतामा भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया