Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका नारायण खड्काको पहिलो प्रस्तुति 'मायाले रुवाएको 'आधुनिक गीति एल्बम बजारमा सार्वजनिक (भिडियो सहित )

   
4199   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० गच्छे गैरामा जन्मिएका लोकसंगीत पारखी नारायण खड्काले अत्यन्तै मार्मिक शब्दहरूले सजिएको आफ्नो पहिलो आधुनिक गीति एल्बम 'मायाले रुवाएको 'भर्खरै मात्र सार्वजनिक गरेका छन् ।

गीतमा सन्धिखर्क नगरपालिका ८ निवासी नव गायक कृष्ण सौरागको आवाज रहेको छ भने यस गीतको संगीत आफैले भरेका छन ।

शब्द संकलन गीतकार सौगात सायरको  रहेको छ भने गीतको एरेन्ज - एरेन्ज किंग कमल सौरागले गरेका छन् । 'मायाले रुवाएको एल्बमको छायांकनमा नीराज भुसाल,सम्पादकमा गोपी अधिकारि ,भिडियो निर्देशनमा सुभाष नेपालिको भूमिका रहेको थियो भने बजार व्यवस्थापन करण फिल्म्स् प्रालिले गरेको छ ।

गीतमा मोडल मिक्की ,आरति र नारायण खड्काको अभिनय रहेको छ।

">भिडियो हेर्नको लागि यँहा क्लीक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया