Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पहिलो एकदिबसिय खेलमा धोनी र केदार जाधब उत्कृष्ट ब्याटिंगले गर्दा भारतले हात पार्यो ६ विकेटको जित

   
812   पटक पढिएको

काठमाडौ । केदार जाधब र धोनिको उत्कृष्ट पारी! टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो।

अस्ट्रेलियाले ५० ओभर ब्याटिङ गर्दै सात विकेट गुमाएर २३६ रन बनायो। २३७ रनको लक्ष्य पछ्याएको भारतिय टोलिले शिखर धवनलाइ चाडै गुमाउन पुगेको थियो। धवनको विकेट पछि कृजमा आएका कप्तान बिराट कोहली र रोहित शर्माले ७६ रनको महत्त्वपूर्ण साझेदारी गरे। ४४ रन बनाएर खेल्दै गरेका बिराट कोहली जाम्पाको बलमा एल.बि.डब्लु आउट भए भने लगतै ओपनर रोहित शर्मा पनि कुलटर नायलको बलमा फिन्चबाट समातिए।

रोहितले ६६ बलको सामना गर्दै पाच चौकाको मद्दतले ३७ रन बनाए भने कोहलीले ४५ बलको सामना गर्दै एक छक्का र छ चौकाको मद्दतले ४४ रन जोडे। कोहली र रोहित आउट भए पश्चात् भारतिय टोलि निकै दबाबमा देखिएको थियो। त्यसपछि रायुडु पनि सस्तैमा आउट हुन पुगे।

भारतीय टोलिको स्कोर ९९ रन हुदा कृजमा आएका महेन्द्र सिङ धोनी र केदार जादभले अन्तिमसम्म डटेर टिमलाइ जित दिलाएरै छाडे। दुबै ब्याट्सम्यान अबिजित रहे।

धोनिले ७२ बलको सामना गर्दै ६ चौका र एक छक्का मद्दतले ५९ रन बनाए भने केदार जाधबले नौ चौका र एक छक्काको मद्दतले ८१ रन बनाए। ४८.२ ओभरमा चौका लगाउदै धोनिले खेल समाप्त गरेको हो। टि-२० शृङ्खलामा २-० अन्तरले हारेको भारतले पहिलो एकदिबसियमा छ विकेट जित हासिल गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया