Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सुपर ओभरसम्म पुगेको खेलमा दिल्ली क्यापिटल्स तीन रनले बिजयी

   
888   पटक पढिएको

दिल्ली क्यापिटल्सलाइ दोस्रो जित 

अर्घाखाँचीबुलेटिन - टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको दिल्ली क्यापिटल्सलाइ सन्दिप लामिछाने तथा बलरहरुले राम्रो सुरुवात दिलाएका थिए।

सन्दिपले आफ्नो दोस्रो ओभरमै पहिलो विकेट चट्काए भने उनले आफ्नो कोटा सकाउदा २९ रन खर्चेका थिए।

६१ रनमा पाच विकेट लिएता पनि दिनेश कार्तिक र आन्द्रे रसेलले उत्कृष्ट साझेदारी निभाउदा कलकताले दिल्लीलाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य पेस गर्यो।

रसेलले २८ बलमा ६२ रन बनाउदा कलकताले ८ विकेट गुमाएर १८५ रन बनायो।

१८६ रनको बिशाल लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सलाइ शानदार सुरुवात दिलाए पनि शिखर धवन धेरै बेरमा कृजमा टिक्न सकेनन।

त्यस्त पछि आएका श्रेयस ऐयर र ओपनर पृथ्वीले राम्रो साझेदारी निभाए। कप्तान ऐयरले ३२ बलको सामना गर्दै चार चौका र दुई छक्काको मद्दतले ४३ रन बनाए।

भने ओपनर शाहले १२ चौका र तीन छक्का प्रहार गर्दै ९९ रनको महत्त्वपूर्ण पारी खेले। उनले ९९ रनमा हुदा , फर्गुसनको बलमा आफ्नो विकेट गुमाए।

दिल्ली क्यापिटल्सलाई अन्तिम ओभरमा ६ रनको आवश्यकता थियो। कुल्दिप यादबद्वारा गरिएको अन्तिम ओभरको पाचौ बलमा विकेट जादा दिल्लीलाई एक बलमा दुई रनको आवश्यकता रहेको थियो।

अन्तिम बलमा कलिन इङ्रामले एक रन लिन सके र जसका कारण खेल बराबरी हुन पुग्यो।

जितको मुखमा पुगे पनि दिल्ली क्यापिटल्सले जित्न भने सकेन। र खेल रोमान्चक मोडमा पुगेको हो।

सुपर ओभर !

सुपर ओभरमा पहिला ब्याटिङ दिल्ली क्यापिटल्सले गरेको हो।

बलिङ्ग गर्न आएका थिए प्रसिद्द कृष्ण आए भने ब्याटिङ गर्न रिशब पन्त र श्रेयस ऐयर आएका थिए।

श्रेयसले चार रन बनाउदा आफ्नो विकेट बनाए भने अरु कुनै बाउन्डरी नलाग्दा दिल्ली क्यापिटल्सले कोलकाताको सामु ११ रनको लक्ष्य पेस गरेको हो।

दिल्लीका लागि सुपर ओभरको लागि कगिसो रबाडा आए भने कृजमा थिए रसेल र कार्तिक !

रबडाको पहिलो बलमा रसेलले चौका !!

रबडाको दोस्रो बल – डट बल !

आवश्यक : ४ बलमा सात रन

रबडाको तेस्रो बल: रसेल बोल्ड !

आवश्यक : ३ बलमा सात रन !

स्ट्राइकमा रोबिन उथपा !

रबडाको चौथो बल : एक रन !

स्ट्राइकमा दिनेश कार्तिक !

रबडाको पाचौ बल: एक रन !

एक बलमा पाच रनको आवस्यक

अन्तिम वल एक रन !

यसरी दिल्ली क्यापिटल्सले तीन रनको उत्कृष्ट जित हसिल गर्यो भने कलकाताले प्रतियोगिताको पहिलो हार बेहोर्न पुग्यो।

उक्त खेलमा उत्कृष्ट खेलाडी अफ म्याच रिशाब पन्तलाइ दिइएको थिओ भने हार्बियर हिटर खेलाडीमा एन्ड्री रसेल लाइ दिइएको छ ।

गेम चेन्जर अफ प्लेयर म्यान अफ द म्याच पृथ्बी शाहले प्राप्त गरेका छन् ।साभार हाम्रो नेपाल क्रिकेट बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया