Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका चर्चित मोडल ,सर्जक कृष्ण सापकोटा प्रेमिकाका कारण "पागल" बनेपछी (हेर्नुहोस भिडियो )

   
1588   पटक पढिएको

काठमाडौं,अर्घाखाँचीबुलेटिन। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका बलकोटमा जन्मेका मोडल , सर्जक ,कृष्ण सापकोटा नेपाली लोकसांगीतिक क्षेत्रमा बिगत केहि बर्ष यता देखि नै एकदमै निरन्तर रुपमा सक्रिय रहदै आएका छन।

चर्चित सापकोटाले आफ्नो उत्कृष्ट शब्द सिर्जना र आफ्नै अभिनयमा भर्खरै मात्र अत्यन्तै मार्मिक नयाँ गीति एल्बम "पागल" सार्बजनिक गरेका छन्। यस गीति एल्बममा ख्यातिप्राप्त चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा र चर्चित देबि घर्ती मगरको सुमधुर आवाज रहेको छ ,गीतमा लय सिर्जना गायक पुष्कल शर्माले गरेका छन् ।

चर्चित मोडल , सर्जक ,कृष्ण सापकोटा पछिल्लो समयमा नेपालि लोकसांगीतिक क्षेत्रमा दर्शक श्रोताहरु माझ निकै नै चर्चा बटुल्न सफल भएका छन साथमा अर्घाखाँचीबुलेटिन अनलाइन मिडिया परिवार उनको उज्वल भविष्यको कामाना गर्दै नेपालि लोकसांगीतिक प्रतिको उनको चर्चा र दर्शक श्रोताहरु बाट पाएको माया ,ममता सदैव यस्तै रही रहोस भन्ने अग्रिम शुभकामना दिन चाहान्छौ ।

गीतको रेकर्ड मालाश्री स्टुडियोमा भएको थियो भने अप्सरा खड्काको प्रस्तुतिमा भागीरथा गाहा मगरले निर्देशन गरेका छन् र सुरेस श्रेष्ठको छायांकन , नवीन घर्ती मगरको सम्पादनमा तयार भएको पागल गीति एल्बमको म्युजिक भिडियो कृष्ण सापकोटा युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

गीतमा चर्चित मोडल , सर्जक कृष्ण सापकोटा,निगमा तामांग र युवराज खनालको उत्कृष्ट अभिनय देख्न पाइन्छ ।

#action=share">भिडियो हेर्नको लागि यँहा क्लीक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया