Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नुवाकोट दिपज्योती यूवा परिषद भुमिकास्थानको आयोजनामा अन्तर वडा स्तीय क्रिकेट प्रतियोगिता सम्पन्न (तस्विर सहित )

   
953   पटक पढिएको

राजकुमार श्रेष्ठ, भुमिकास्थान।
बैशाख ३ ,अर्घाखाँचीबुलेटिन - नुवाकोट दिपज्योती यूवा परिषद भुमिकास्थान नगरपालिका–नुवाकोटको आयोजनामा हिजो देखि भूमिकास्थान नगरपालिकाको–वडा नं.–८, नुवाकोट लम्चीमा अन्र्तर वडा स्तीय क्रिकेट प्रतियोगिता सम्पन्न भयको छ। 

प्रजोनन् तथा व्यानर अनावरण गरी प्रतियोगिताको उद्घाटन गर्दै भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले खेलकुल राष्ट्रका लागि पनि महत्वपूर्ण छ साथसाथै स्वाथ्यका लागि पनि झनै महत्वपूर्ण भएकोले खेलजगतको बृद्धि र विकासको लागि आफुले कुनै कसुर वाँकी नराख्ने प्रतिवद्धता जायर गर्दै खेलको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भूमिकास्थान नगरपालिका वडा नं., ८का वडा अध्यक्ष राज कुमार श्रेष्ठ, , ने.क.पा एमाले जिल्ला कमिटि अर्घाखाँचीका उप सचिव प्रेम नारायण गैरे अर्घाखाची कृकेट एकडमी का अध्यक्ष ऋषि भटराइ लगायतले खेल पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भएकोे ।

उद्घाटन तथा समापन सत्रको कार्यक्रम परिषदका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, सहकोषअध्यक्ष लक्ष्मण पौडेलको स्थागत तथा सह–सचिव राम चन्द्र श्रेष्ठ संचालन सम्पन्न भएको थियो ।

प्रतियोगितामा भूमिकास्थान नगरपालिकाका ६ वटा वडा बाट समुहको सहभागिता भएको र लिग सिस्टमवाट खेल संचालन गरियको थियो भने भु न पा ६ खिल्जी चेन्पेन बिजेता बन्न सफल भयको छ भने भु न पा ८ नुवाकोट उपबिजेता मा सिमित भयको छ भने आउदा बर्ष मा पनि यसै गरि नया बर्ष को अबसर पारी भु न पा अन्तर वाड इस्तरिय खेल हुने अध्यक्ष राजकुमार श्रेष्ठले जानाकारी दिनुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया