Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँची आवासीय माध्यमिक विद्यालयमा भू–कम्प मापन यन्त्र जडान (तस्विर सहित )

   
760   पटक पढिएको

सन्धिखर्क ।
बैशाख २२ ,अर्घाखाँचीबुलेटिन संवाददाता- नेपालका विद्यालयमा भूकम्प शिक्षा (Seismology at school in Nepal) कार्यक्रम अन्तर्गत अर्घाखाँची आवासीय माध्यमिक विद्यालयमा भूकम्प मापन यन्त्र जडान गरिएको छ ।

University of Lausanne, Switzerland बाट भूकम्प विज्ञानमा विद्यावारिधी अध्ययन गर्नुहुने युवा वैज्ञानिक शिव सुवेदीले गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका २३ वटा उत्कृष्ट विद्यालयहरुमा भुकम्प मापन यन्त्र जडान गर्न लाग्नु भएको हो ।

आज २०७६÷०१÷२२ गते का दिन सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले प्रमुख अतिथीको रुपमा रिवन काटेर तथा तरङ्गको अवलोकन गरेर भुकम्प मापन कार्यको सुभारम्भ गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख ठाकुुर कुमार वि.क., प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रहरी नायव उपरीक्षक नवराज मल्ल, स–सस्त्र प्रहरी नायव उपरीक्षक गोपाल प्रसाद श्रेष्ठको विशिष्ठ उपस्थिति रहेको थियो भने स.न.पा. २ का वडा अध्यक्ष मोतीजंग रायमाझी, विभिन्न विद्यालयका प्र.अ. तथा विज्ञान शिक्षकहरु साथै पत्रकार महासंधका उपाध्यक्ष गणेश खनाल तथा कान्तिपर दैनिकका सह सम्पादक विरेन्द्र के.सी.का. आतिथ्यता रहेको थियो ।

साथै कार्यक्रममा अर्घाखाँची आवासीय मा.वि.का शिक्षकहरु एवं कक्षा ९ र कक्षा १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा युवा वैज्ञानिक शिव सुवेदीले जानकारी मुलक मन्तव्य राख्नु भएको थियो भने नगर प्रमुख कमल प्रसाद भुसाल र प्र.जि.अ. प्रेमलाल लामिछानेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम विद्यालयका प्राचार्य श्रीकृष्ण भुसालको अध्यक्षता, सहायक प्राचार्य चोपनारायण वन्जाडेको स्वागत मन्तव्य र शिक्षक मोहनराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी