Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लोकदोहोरी क्षेत्रमा जम्दैछन् अर्घाखाँचीका युवाकलाकार दिपक दर्लामी,नयाँ वर्षको आगमनसँगै फेरी ल्याए नयाँ कोशेली

   
2912   पटक पढिएको

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं.९ को काफ्लेका दिपक दर्लामी सामान्य परिवारमा जन्मिएका उनि स्कुले जिवनदेखी नै सांगितिक क्षेत्रमा रुची राख्ने व्यक्ति हुन्,लोकदोहोरी क्षेत्रलाई कर्म बनाउँदै अहिलेसम्म "बदलिंदै गयौं म रोएर के भो कराएर के भो","आखिर तिमी पराइकै भयौ","काँकरीको झालमा" जस्ता बहुचर्चित लोकदोहोरी गितहरुसँगै धेरै एल्वमहरु वजार ल्याइसकेका छन्।

लोकदोहोरी गायक दर्लामी वर्तमान समयमा दर्शकहरुले मन पराउने कलाकारहरु मध्येका एक हुन्,दर्शकहरुकै मायालाई सम्मान गर्दै यसपाली पनि नयाँ लोकदोहोरी एल्वम "चरी कहाँ वस्यो?"सुमार्गी फिल्मसद्वारा सार्वजनिक गरेका हुन् जसमा स्वयं दिपक दर्लामी र लालमाया थापाले अावाज दिएका छन्।

गीतमा गायक दिपक दार्लामी मगर र लाल माया पुन मगरको स्वर रहेको छ भने लय शब्द गायक दिपक दर्लामीकै रहेको छ । 

"चरी कहा बस्यो "म्युजिक भिडियो एल्बमको उत्पादक वितरक -सुमार्ग फिलिम्स प्रालिले गरेको छ। गीतमा राम्झी खांड र करिश्मा ढकालको अभिनय रहेको छ !

यस म्युजिक भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायाँकन -सागर गौतम ,भिडियो सम्पादन -दिपक बिष्ट ,दृश्य निर्माण सुर्य विनायक फिलिम्सले गरेको छ।

भिडीयो हेर्नको लागि यँहा क्लीक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया