Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँची शितगंगाका ७ युवा टमाटर खेतीले मालामाल

   
2896   पटक पढिएको

शिवकुमार वेल्वासे , शितगंगा।
जेठ१७ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची शितगंगा ४अोखलढुङ्गाका ७ युवाले ललितपुरमा ६५रोपनी र किर्तिपुरमा ४० रोपनीमा १करोड ६० लाख को लगानीमा ४वर्ष पहिले एस . एन ग्रुप अफ कम्पनिज खोलेर बेरोजगार युवालाई रोजगारी दिनुका साथै मनग्ये अाम्दानी गर्दै अाएका छन।

विदेश गएर अर्काको भूमिमा पसिना चुहाउनु भन्दा अाफ्नै देशमा कृषि क्रान्ति गर्ने उद्देश्य लिएर हामीहरु यो अभियान जुटेको सञ्चालक सदस्य डिलबहादुर गैरेले जानकारी दिए।फार्ममा अहिले १५जनाले रोजगारी पाएका छन भने कृषि पढ्ने विद्यार्थीले ओ जे टी तालिम लिने अवसर पाएका छन।

हामीलाई कसैले सहयोग गरेको छैन बरु हामी अाफै बेरोजगारीलाई रोजगारी दिएका छौ हामी यसैमा खुसी छौ।हामीहरुले वार्षिक झन्डै २ करोडको टमाटर बिक्री गर्दै अाएका छौँ ।अबको मंसिरदेखि अाफ्नो गृह जिल्लाको शितगंगामा केन्द्रित हुने योजना भएको सञ्चालकहरुले बताएका छन।

धेरै वर्ष विदेशी भूमिमा दुख पाए पछि शितगंगाका डिलबहादुर गैरे,किसन थापा, विकास अाचार्य,रेसम राज आचार्य ,डुक बहादुर झाक्री बेल बहादुर थापा र खिम बहादुर थापाले ललितपुर र किर्तिपुरमा टमाटर खेती गरेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया