Arghakhanchi Bulletin : The Fastest News Publisher

साउथ अफ्रीका बिरुद्धको एकदिवसीय खेलमा भारतको शानदार जित : जितमा रोहितको उत्कृस्ट शतक, गांगुलीलाई समेत उछिने

   
406   पटक पढिएको

लन्डन।
जेठ २२,अर्घाखाँचीबुलेटिन -दक्षिण अफ्रीकालाई पराजित गर्दै भारतले इग्ल्यांडमा जारी एकदिवसीय विश्वकपमा विजयी सुरुवात गरेको छ। दक्षिण अफ्रीकाले भने लगातार तेश्रो हार बेहोरेको छ। यस अघि उसले इंग्ल्याण्ड र बंगलादेशसंग पराजित भएको थियो।

रोज बल साउथाम्प्टनमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर ४७.३ ओभरमा पुरा गरेको हो। लक्ष्य पछ्याउने क्रममा ओपनर शिखर धवन ८ तथा कप्तान बिराट कोहली १८ रन बनाएर आउट हुँदा तेश्रो विकेटको लागि रोहित शर्मा र लोकेश राहुलले तेश्रो विकेटको लागि ८५ रनको साझेदारी गरे।

राहुल २६ रन बनाएर आउट भए जसपछि रोहितले महेन्द्र सिंह धोनीसंग ७४ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। धोनी ३४ रन बनाएर आउट भए।

त्यसपछि रोहित र हार्दिक पान्ड्याले अविजित रहँदै भारतलाई जितसम्म पुर्याए। रोहितले १२२ रन बनाए जुन क्रममा १४४ बलमा १३ चौका र २ छक्का प्रहार गरे। पान्ड्याले १५ रन बनाए। दक्षिण अफ्रीकाको लागि कागीसो रबाडाले २ विकेट ( १०-१-३९-२ ) तथा क्रिस मोरिस र एन्डीले फेलुक्वायोले १/१ विकेट लिए ।

रोहितले उछिने गांगुलीलाई

रोहितको एकदिवसीय करियरको यो २३ औं शतक हो। यस क्रममा रोहित भारतको लागि धेरै एकदिवसीय शतक बनाउने ब्याट्सम्यानको सुचीमा तेश्रो स्थानमा उक्लेका छन्। भारतीय पुर्व कप्तान सौरभ गांगुलीले २२ शतक बनाएका थिए जसलाई रोहितले उछिनेका हुन्।

भारतको लागि सचिन तेन्दुलकरले सर्वाधिक ४९ तथा बिराट कोहलीले ४१ एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका छन्। यस्तै रोहित लक्ष्य पछ्याउने क्रममा धेरै शतक बनाउने सुचीमा समेत चौथो स्थानमा उक्लेका छन्। ११ वटा शतक लक्ष्य पछ्याउने क्रममा बनाउदै रोहितले तिलकरत्ने दिलशानको बराबरी गरेका छन्। यो सुचीमा बिराट कोहली २५ शतक सहित पहिलो, सचिन तेन्दुलकर १७ शतक सहित दोश्रो र क्रिस गेल १२ शतक सहित तेश्रो स्थानमा रहेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने भारतीय –

४९ शतक – सचिन तेन्दुलकर , ४१ शतक बिराट कोहली, २३ शतक रोहित शर्मा, २२ शतक – सौरभ गांगुली, १६ शतक – शिखर धवन, १५ शतक – बिरेन्द्र सेहवाग, १४ शतक – युबराज सिंह, १२ शतक – राहुल द्रविड, ११ शतक – गौतम गम्भीर , ९ शतक – महेन्द्र सिंह धोनी।

चाहलको उत्कृस्ट बलिंग

टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीका ले पुरै ५० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर २२७ रन मात्रै बनाउन सकेको थियो। दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई बाँधेर राख्न भारतीय लेग स्पिनर युझ्भेन्द्र चाहलले ४ विकेट लिए। १० ओभरमा ५१ रन खर्चेका चाहलले फाफ डु प्लेसिस, भान डर डुसेन, डेभिड मिलर र एन्डीले फेलुक्वायोको महत्वपूर्ण विकेट लिएका थिए। जस्प्रित बुम्राह ( १०-१–२ ) र भुवनेश्वर कुमार ( १०-०-४४-२ ) ले २/२ विकेट तथा कुलदिप यादवले ( १०-०-४६-१ ) १ विकेट लिए।

सुरुवात देखि लगातार विकेट गुमाएको दक्षिण अफ्रीकाको लागि नवौं नम्बरका ब्याट्सम्यान क्रिस मोरिसले सर्वाधिक ४२ रन ( २४ बलमा २ छक्का र १ चौका ) बनाए। यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एन्डीले फेलुक्वायोले ३४ तथा कागीसो रबाडाले अविजित ३१ रन बनाए।

एक समय १५८/७ रहेको टिमको योगफललाई आठौँ विकेटको लागि मोरिस र रबाडाले ६६ रनको साझेदारी गर्दै २०० पार गराएका थिए। स्कोरकार्ड प्रतियोगिता अन्तर्गत भारतले आगामी खेल अस्ट्रेलियासंग जुन ९ तारिकमा खेल्नेछ भने दक्षिण अफ्रीकाले वेस्ट इन्डिजसंग जुन १० मा खेल्नेछ।साभार विकेट नेपालबाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी