Arghakhanchi Bulletin : The Fastest News Publisher

अस्ट्रेलिया द्वारा पाकिस्तान ४१ रनले पराजित

   
323   पटक पढिएको

बिश्वकप २०१९ को अहिले १७औ खेलमा आइपुगिसकेका छौ र १७औ खेलमा पुर्ब बिश्व बिजेता अस्ट्रेलिया र पाकिस्तानले एक अर्काको प्रतिस्पर्धा गरेका हुन।

टस जित्दै पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको पाकिस्तानले राम्रो सुरुवात गर्न सकेको थिएन। अस्ट्रेलियाका ओपनरहरु डेभिड वारनर र कप्तान फिन्चले महत्त्वपूर्ण पारी खेल्दै अस्ट्रेलियालाइ उत्कृष्ट सुरुवात दिलाएका थिए। फिन्चले आक्रमक अर्धशतक बनाउदै ८२ रनको योगदान दिए।

उनले ८४ बलको सामना गर्दै चार छक्का र आठ चौकाको मद्दतले ८२ रन बनाएका हुन। त्यस्तै भारत बिरुद्दको खेलमा हात खोल्ने मौका नपाएका वार्नरले आकर्षक शतक प्रहार गरे। उनले १११ बलको सामना गर्दै ११ चौका र एक छक्काको मद्दतले १०७ रन बनाए। एक समय लामो लक्ष्य बनाउन तर्फ बढ्दै गरेको अस्ट्रेलियालाई बिचका ओभरमा पाकिस्तानले कसिलो बलिङ्ग गर्दै दबाबमा राखेको हो।

पाकिस्तानका लागि मोहम्मद आमिरले उत्कृष्ट प्रदर्शन गरे । उनले अस्ट्रेलियाको मिडल अर्डरलाइ तहस नहस गरिदिए। उनले १० ओभरमा मात्र ३० रन खर्चदै ५ महत्त्वपूर्ण विकेट चट्काए। अन्ततः अस्ट्रेलिया ४९ ओभरमै अल आउट हुन पुग्यो। अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउदै ३०७ रन बनायो।

३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले शुखद सुरुवात भने पाउन सकेन। फखर जमान डक आउट हुदा बाबर आजमले पनि ३० रनमै आफ्नो विकेट गुमाउन पुगे। ओपनर इमाम उल हकले अर्धशतक बनाए पनि पारिलाइ लम्भ्याउन भने असफल रहे।

मोहम्मद हफिज फिन्चको बलमा आउट हुन पुग्दा पाकिस्तान दबाबमा परेको थियो । त्यस्तै अर्का ब्याट्स्म्यान शोएब मलिकले खाता खोल्न नसकदा अस्ट्रेलियाका बलर पाकिस्तान माथी हाबी बन्न पुगेका हुन। हसन अलिले १५ बलको सामना गर्दै तीन छक्का र तीन चौकाको मद्द्तले ३२ रन जोडे भने वाहाब रियाजले आकर्षक ब्याटिङ गर्दै ३९ बलमा दुई चौका र तीन छक्काको मद्द्तले ४५ रन बनाए।

रियाजले कप्तान सर्फराज खान सङ्ग बलियो साझेदारी गर्दा पाकिस्तान खेलमा फर्किन पुगेको थियो। तर मिचेल स्टार्कको बलमा रियाज आउट भए सङ्गै पाकिस्तानको खेलमा बापसी गर्ने मौका पनि हराएर गएको हो ।

अन्तिम सम्म डटिरहेका सर्फराज अहमेद रन आउट भए पश्चात् पाकिस्तान २६६ रनमा अल आउट हुन पुग्यो र अस्ट्रेलियाले ४१ रनको संतोषजनक जित हासिल गर्यो।हाम्रो नेपाल क्रीकेट बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी