Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका मोडल तथा गायक युबराज खनालको अभिनयमा रहेको रत्यौली तीज गित कोशेली "पण्डितको नाती "बजारमा सार्वजनिक (भिडियो सहित )

   
4055   पटक पढिएको

अर्घाखाँची।
जेठ ३०,अर्घाखाँचीबुलेटिन -गलबन्दी र बोलमाया गीतको अपार सफलता पछी चर्चित गायक सर्जक ,प्रकाश सपूत र तेजेश रेग्मिको सहयोगमा अर्घाखाँचीका मोडल तथा गायक युबराज खनालले रत्यौली तीज गित कोशेली "पण्डितको नाती " भर्खरै मात्र बजारमा सार्वजनिक गरेका छन् ।

जस गीतको प्रस्तुति रेड एप्पल मिडियाले गरेको छ भने गायक तेजेस रेग्मी र गायिका केसीमाया सामदामको सुमुधुर आवाज रहेको छ ।गीतको शब्द संकलन र लय गायक तेजेस रेग्मीलेनै गरेका छन् ।

"पण्डितको नाती " गीति एल्बममा अहिलेका चर्चित गायक ,सर्जक मोडल प्रकाश सपुत ,यूवराज खनाल र मंजिता केसीको उत्कृष्ट अभिनय रहेको छ ।

यस म्युजिक भिडियोको छायांकन गोकुल अधिकारीले गरेका छन् भने सम्पादन ,बिष्णु शर्मा,निर्देशनमा ,प्रकाश भट्ट र दृश्य निर्माण साइ भिजन प्रा.लिले गरेको छ ।

">भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया