Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एकता विराेधी र फुट परस्तलाई यसरी चिनाैं :तिमल्सिना

   
708   पटक पढिएको

मनहरी तिमल्सिना,काठमाडौं।
जेठ ३०,अर्घाखाँचीबुलेटिन -एकता विरोधी र फुट परस्तहरुलाई कसरी चिन्ने ? उनीहरुले सिधै एकताको विरोध गर्दैनन्। तर, एकता भाँड्न जे–जे कूतर्क गर्न सकिन्छ, ती सबै गर्छन्। एकता भाँड्न चाहनेका तर्क यस्ता हुन्छन्,

(१) यो सबै परिवर्तन जनयुद्ध लड्नेले मात्र ल्याएका हुन्, अरुले सिन्कै भाँचेनन्,

(२) जनयुद्ध हिंसात्मक युद्ध थियो, हामीले जनआन्दोलन गरेर पो परिवर्तन आयो,

(३) जनताको बहुदलीय जनवाद नै सबैथोक हो, यसमा तलमाथि गर्नै हुँदैन,

(४) पार्टी अध्यक्ष, प्रधानमन्त्री, संसदीय दलको नेता एउटै हुन्छ, अरुलाई मान्नै सकिन्नँ,

(५) एकता हुँदा हामी ठूला थियौं, त्यसैले हामी नै सर्वेसर्वा हौं,

(६) हिजो तिमीहरुको हालत पनि त देखेकै हौं, तिमीहरु परिवर्तन विरोधी थियौ,

(७) सरकारले १००% राम्रो मात्र गरेको छ, सुझाव दिने पनि सरकारविरोधी हुन्,

(८) सरकारले केही पनि गरेकै छैन, यो पूर्णतः असफल भइसक्यो,

(९) बहुमतको निर्णय नै अन्तिम हुन्छ, त्याग, बलिदान, इतिहास र निष्ठाको कुनै मूल्य हुँदैन,

(१०) एकताको एक मात्र उद्देश्य ठूलो पार्टी बन्नु हो, कार्यदिशाको बहस र विकास जरुरी नै छैन,

(११) एकता त छाउपेच मात्र हो, जहिले सकिन्छ, एकले अर्कालाई पेल्ने नै हो,

(१२) बहुदलीय जनवादलाई परिस्कृत गर्नुपर्छ भन्नेहरु मदन भण्डारीका विरोधी हुन्,

(१३) जनयुद्धको संश्लेषण अहिले पनि हुबहु लागू हुनुपर्छ,

(१४) ओली र प्रचण्डले गरेका निर्णय पार्टीका सम्पत्ति होइनन्,

(१५) पार्टीमा विचारको मुद्दा मिलिसक्यो, अब संगठन र विधिको कुरामा मात्र बहस गरौं।

यी १५ विचार र तर्कले कार्यकर्ताको रगत त उमाल्न सक्छ। तर, समाजवादी क्रान्तिको गला रेटिन्छ, एकताको शिशु शैशवकालमै निमोठिन्छ। पूर्वएमाले वा पूर्वमाओवादी जुन कित्ताबाट आए पनि अतिवाद सधैं घातक नै हुन्छ। प्रसिद्ध लोकयुक्ति छ, ‘अति सर्वत्र बर्जयेत।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया