Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको सन्धिखर्कमा प्रथम पालिका स्तरीय अन्डर सिष्टिन तथा एसईई क्रिकेट प्रतियोगिता सुरु (तस्विर सहित )

   
1014   पटक पढिएको

सुरज घिमिरे,अर्घाखाँची।
३१ जेठ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँचीको सन्धिखर्कमा आजबाट प्रथम पालिका स्तरीय अन्डर सिष्टिन तथा एसईई क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

अन्डर सिष्टिन तथा एसईई क्रिकेट प्रतियोगिताको उद्वघाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउँने बताए ।

नगरप्रमुख भुसालले अर्घाखाँची जिल्लाको नाम चिनाउनका लागि खेलकुद सबैभन्दा महत्त्वपूर्ण हुने बताए ।

उनले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका तयार रहेको बताए ।

 

आजबाट सुरू भएको क्रिकेट प्रतियोगितामा सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानि गाउँपालिका गरि ५ स्थानिय तहको सहभागीता रहेको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए ।

कार्यक्रमको उद्धघाटन सत्र कमल विष्टको सञ्चालनमा सम्पन्न भएको हो ।

खेल आज र भोली सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया