Arghakhanchi Bulletin : The Fastest News Publisher

भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

   
372   पटक पढिएको

अर्घाखाँचीबुलेटिन -भारत र पाकिस्तानको खेलले बिश्वकै माहोल तताउने गरेको छ। बिश्वकप २०१९ अन्तर्गत आज भारत र पाकिस्तानले एकार्काको सामना गरे।

बिश्वकपको ईतिहास हेर्दा अहिले सम्म भारतले पाकिस्तानलाइ ६ पटक हराइसकेको थियो। आजको खेलमा टस जित्दै पाकिस्तानले बलिङ्ग गर्ने निर्णय गरेको थियो। पहिला ब्याटिङ गर्ने निम्तो पाएको भारतका नियमित ओपनर शिखर धवनलाई रिप्लेस गरेका के एल राहुल र रोहित शर्माले शानदार ओपनिङ साझेदारी गरेका थिए।

उत्कृष्ट साझेदारी गर्दै ओपनरहरुले राम्रो सुरुवात दिलाए पछि बिराट कोहली लगायतका भारतिय ब्याट्सम्यानहरुले उत्कृष्ट ब्याटिङ प्रदर्शन राख्दा भारतले ३३७ रनको विशाल लक्ष्य पेस गर्यो। पाकिस्तानका लागि मोहम्मद आमिरले महत्त्वपूर्ण बलिङ्ग गरे भने अरु कुनै बलरहरुको प्रदर्शन खास रहेन।

३३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानका लागि इमाम उल हकले कुनै प्रभाब पार्न सकेनन भने बाबर आजम र जमानले आशलाग्दो पारी खेले। जमानले ६२ रनमा आफ्नो विकेट गुमाए। जमान र आजमलाइ कुल्दिपले आउट गरे पछि भारत खेलमा पूरा तरिकाले हाबी हुन पुगेको थियो।

त्यस्तै हफिज, मालिकले आफ्नो विकेट गुमाए सङ्गै भारतले खेलमा कब्जा गरेको। डि एल मेथोड अनुसार पाकिस्तानले ४० ओभरमा ३०२ रनको लक्ष्य लक्ष्य भएको हो। पाकिस्तानले ४० ओभरमा २१२ रन बनाउदै ८९ रनको हार बेहोरेको हो।हाम्रो नेपाल क्रीकेट,

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी