Arghakhanchi Bulletin : The Fastest News Publisher

इजरायलमा भब्य तीज महोत्सव २०७६ आयोजना हुँदै :चर्चित नेपाली राष्ट्रिय ख्याती प्राप्त ५ कलाकार इजरायल आँउदै

   
558   पटक पढिएको

इजरायल। नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा इजरायलमा तीज महोत्सव २०७६ कार्यक्रमको आयोजना हुने भएको छ ।

झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा बृहत तीज कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

रवि लामिछाने फाउन्डेसनले कर्णालीमा बनाउदै गरेको रासकोट अस्पताल सहयोगार्थ आयोजना गर्न लागेको यस कार्यक्रममा नेपाली राष्ट्रिय ५ चर्चित कलाकार इजरायल जाने भएका छन् जसमा पछिलो समय निकै चर्चा कमाएकी गलबन्दीकि लोक गायिका शान्तिश्री परियार, चर्चित भर्सटायलदय गायक प्रमोद खरेल, हिमाल सागर गायक तथा संगीतकार चेतन सापकोटा साथमा पछिल्लो युवा जमातले निकै मनपराएकी गायिका टिका प्रसाई रहेका छन् ।

आउदो अगष्ट ३०, शुक्रबार २०१९ इजरायल स्थित तेलअविभ युनिभर्सिटी हलमा आयोजना तयारी थालिएको समाजक महासचिब खेमराज जमरकट्टेलले जानकारी दिए । उनका अनुशार यस पटकको कार्यक्रमलाई अत्यन्त मनोरन्जनात्मक र ऐतिहासिक बनाउन आयोजक हरदम लागी परेको र लाग्ने बताएका छन् ।

जिल्लाबासी संगठित भएर २०१५ मा इजरायलमा स्थापना भएको झापाली समाजले जिल्लामा मात्र नभएर देशका हरेक ठाउमा आइपर्ने आपत विपत तथा दुखि पिडितहरुलाइ सहयोग गर्दै सामाजिक कार्यगर्दै आएको छ ।

हाल सम्म करिब ५० लाख बढिको सामाजिक कार्य गरिसकेको समाजले यो पल्ट पनि मनोरंजनको साथै सङ्कलित रकम कर्णालीमा बन्दै गरेको रासकोट अस्पताललाइ सहयोग गरिने जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी