Arghakhanchi Bulletin : The Fastest News Publisher

कागजमा मान्छे: नीम

   
284   पटक पढिएको

निम,अर्घाखाँचीबुलेटिन-

कागजमा मान्छे नीम कागजमा प्रेम लेखिन्थ्यो ऊ जमानामा,
प्रेम कागजमा पोखिएको रहेछ।
कागजे प्रेम।

हाम्रा बा´ले तमसुक देखाउनु हुन्थ्यो,
लगाना पैसाको,
ब्याज स्याज कागजमा,
पछि थाहा भयो,
कागजले प्याज पनि पाइएन,
कागजको करामत,
कागजी पैसा ।

जाबो!कागज,
कागजे पैसाको खातिर,
खातिरदारी उत्तिकै,
धामा उत्तिकै,
पहिले बर्मातिर लडाकु भइयो,
हिजै काश्मिरतिर सिपाही भइयो,
अचेल कुम्ला बोकेर जापानतिर दौडेको छु,
माथ्लाघरे अरब तिर हिडेको छ,
तल्लारे अल्लारे अमेरिकामा भौँतारिएको छ,
भर्खरै साईँला दिल्लीतर्फ उड्यो,
तबै !तबै! चौतारियाहरु क्यासिनोमा पैसा पैसा खेल्दैछन्,
पैसाको निम्ति होला तास खेल्दै हाईँ काढदैछन्,

अड्डामा गयो
कागजमा मान्छे छन्,
कुर्चिमा मान्छे छैनन्,
बिलमा मान्छेका ल्याप्चे छन्,
होडिङ बोर्डमा मान्छेका स्केचहरु छन्,
नामहरु छन्,हस्ताक्षरहरु छन्,
उहीँ दन्तेकथा र अाख्यानमा भए झै,
उहीँ कागजमा।
कागजमा लिपि मात्र,
जाली तमसुकजस्तो,
कपाली ऋणको उधारो धड्डाजस्तो।

कार्यन्वयन,
प्रयोग,
अभ्यास,
नमूना प्रदर्शन,
नाटकको रिहर्सलजस्तो,
सँगीतको साधनाजस्तो,
कतिखेर गर्ने?
कहाँबाट शुरू गर्ने ?
जैले अलमल अलमल,
जैले अालटाल अालटाल,
कागजी काम मात्र,
जैल्यै कागज मात्र। **

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया