Arghakhanchi Bulletin : The Fastest News Publisher

जमातैजमात:निम्बतरु

   
176   पटक पढिएको

जमातैजमात।

धाउ पोलेर फलाम निकालेपछि,
बचेखुचेको कीट भयो भनिरहन परेन अब,
उस्को गतिबिधि,
यस्को प्रमाण भरिएको एकथरी जमातै छ,
अोठे जवाफ पातपातै छ,
त्यस्ता मानिसहरुको जमात
भूईँमा खस्नै दिदैनन् अोठबाट,
शब्दहरु उतै फर्काईदिन्छन्।

कुन सुरुङमा फसें,
निस्कने बाटो खोज्दाखोज्दै,
म हराएँ रे नी त!
क्रोमोजोमहरु उतै भासिए,
यो भन्ने पनि अर्को थरी जमातै छ,

जो बाटो म हिँडिरहेछु,
अति दुर्घटना ग्रस्त क्षेत्र भनेर तोकिएको देख्छु,
जहाँ पुग्छु,
हिँसाग्रस्त क्षेत्रमा मात्रै पुग्छु,
यो पनि भनिरहन परेन अब,
यस्को संकेत गरिरहने सपनाको जमातै छ।

थामथुम थामथुम पारेर चित्त बुझाएँ,
तर यो संसारदेखि अलग भने हुन सकिनँ,
खहरे खोलाले छोडेको गग्रेटो जस्तो म छोडिएँ,
यो भनिरहनेको पनि जमातै छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया