Arghakhanchi Bulletin : The Fastest News Publisher

बेपत्ता भएकी अर्घाखाँची छत्रदेवकी जमुना पौडेल र ६ बर्षीय छोरा मोहित भारतको हिमाचल प्रदेशमा फेला: अर्घाखाँची बाट कसरि पुगिन जमुना हिमाचल ?

   
8798   पटक पढिएको

मुमाराम गैरे ,कतार ।
असार ९ , अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर - २ सानो चिदिका राजु पोखरा बाट गत महिना जेठ ,२४ गते बिहान देखि आफ्नो ६ बर्षिय छोरा मोहित पौडेललाइ लिएर बेपत्ता भएकी महिला भेटिएकी छिन ।

छत्रदेव गाउँपालिका वडा नम्बर -२ बलकोट सानो चिदिका राजु पोखरा निवासी लालमणि पौडेलकी २६ बर्षिय श्रीमती जमुना पौडेल आफ्नो काखे बालाकलाइ आफ्नो साथमा लिएर दिन सम्म आफ्नो घर परिवार र कतारमा रहेका उनका श्रीमान संग सम्पर्क बिहिन रहेपछी बिभिन्न अनलाइन मिडिया र फेसबुक सामाजिक संजालमा उनि बेपत्ता भएको खबर छ्यापछ्यापति देख्न सकिन्थ्यो  ।

जमुना र निजका ६ बर्षिय छोरा मोहित पौडेल घरपरिवार बाट बेपत्ता भएको ९ दिन पछी भारत राज्यको हिमाचल प्रदेशको सिमला भन्ने ठाउँ बाट माइती नेपाल (इन्डिया )ले सकुशल भेटाइ नेपाल फर्काएको खबर उनका श्रीमान लालमणिले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिएका छन् ।

जमुना पौडेल अर्घाखाँचीको छत्रदेव बाट बेपत्ता हुनुको कारण र रहस्य यस्तो छ ....

अर्घाखाँचीको चिदिका बाट आपनो ६ बर्षिय छोरा संग बेपत्ता भएकी २६ बर्षिय जमुना पौडेल करिव २ महिना अघि देखि सल्यान जिल्लाका एक युवक संग सामाजिक संजाल फेसबुक मार्फत म्यासेज बक्समा हेलो हाई हुँदा हुदै दुवै जना एक अर्कामा गहिरो प्रेम र मायामोहमा फस्छन ।

सल्यान जिल्ला घर भइ भारत राज्यको हिमाचल प्रदेशको सिमला भन्ने ठाउँमा एक सामान्य गेष्टहाउसमा कार्यरत रहेका (ओमकर बिसी )नाम परिवर्तन ति युवा प्रति २ महिनासम्मको फेसबुक सम्पर्कले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका -२ सानो चिदिका निवासी लालमणि पौडेलकी २६ बर्षिय श्रीमती जमुना पौडेल पागल तुल्य हुन्छिन र जमुना सल्यानका ति युवालाई फेसबुक र फोन मार्फत बारम्बार भारत बाट फर्की अर्घाखाँची बाट आफुलाई उनि सँगै सिमला लगेर जान आग्रह गर्दछिन (बुलेटिनको माइती नेपाल संगको कुराकानी )

नेपालको सल्यान घर हुने (ओमकर बिसी )नाम परिवर्तन ति युवालाइ जमुना पौडेलले उनि प्रति राखेका प्रस्तावहरु अस्विकार गर्दै आफु भारत राज्यको हिमाचल प्रदेश बाट अर्घाखाँची आई जमुना र उनका ६ बर्षिय छोरालाई आफु संगै सिमला पुर्याउन नसक्ने जबाफ दिएको माइती नेपाल र प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

जब (ओमकर बिसी )नाम परिवर्तन निजले जमुना पौडेल र निजका ६ बर्षिय एक छोरा मोहित पौडेललाइ अर्घाखाँची आइ भारत पुर्याउन नसक्ने जवाफ दिए पछी जमुना पौडेलले ति युवा संग उनले काम गर्दै आएको गेष्ट हाउसको ठेगाना मागी युवकले आफ्नो सो इच्छाले हिमाचल प्रदेश आउँन चाहे आउ तर महिले अर्घाखाँची बाट तिमीलाई भारतको हिमाचल प्रदेशमा मलाइ भेटन आऊ भनेर जवर्जस्ती गर्दैन भनेर जमुनालाइ जवाफ दिएको र उनि आफ्नो सो-इच्छाले अर्घाखाँची बाट छोरा सहित हिमाचल पुगेको प्रहरी अनुसन्धानमा रहस्य खुल्न आएको छ ।

बिबाह भइसकेकी र साथमा एक छोरा रहेको.. आफ्नो श्रीमान् रोजगारीको शिलशिलामामा २ बर्ष यता देखि कतारमा कार्यरत रहेको मौका छोपी आफु संग भएका गर-गहना र श्रीमानले प्रवासमा दु:ख कष्ट गरेर ३ साल सम्म कमाएको पैसा कुम्ल्याई आफ्नो ६ बर्षे ना -बालकलाइ आफ्नो साथमा लिएर सन्धिखर्क बाट बस चढी जमुना पौडेल भारत राज्यको हिमाचल प्रदेशको सिमला पुगेको उनका श्रीमानले बुलेटिनलाइ जानकारी दिएका छन ।

बिभिन्न अनलाइन मिडिया र सामाजिक संजाल फेसबुक मार्फत जमुना पौडेल र निजका ६ बर्षीय छोरा मोहित पौडेल हप्तौ देखि बेपत्ता भएको खबर आउँन थाले पछी जमुनाले आफ्ना माइती पक्षका आफन्तहरुलाई भारत बाट फोन मार्फत सम्पर्क गरी आफु संग भएका श्रीमानका गर ,गहानाहरु फिर्ता गरिदिने र आफु श्रीमान् सँग एकसाथ नबस्ने खबर दिएपछी आफन्त द्वारा उनि सल्यानका युवा संग बस्दै आएको गेष्टहाउसको ठेगाना मगाई निजका घरपरिवारले माइती नेपाललाइ रिपोर्ट गरेका थिए ।

जमुनाका आफान्तहरु र केटा पक्षका आफन्तहरुले माइती नेपाललाइ दिएको सुचना र ठेगानाका आधारमा माइती नेपाल (इन्डिया) को गोप्य रुपको पहलमा जमुना र निजका छोरा साथमा उनि संगै बस्दै आएका सल्यानका (ओमकर बिसी )नाम परिवर्तन लाइ पक्राउ गरि तिनै जनालाई सकुशल उद्वार गरि नेपाल फिर्ता गराएको बुझिएको छ ।

परपुरष संग एकसाथ बसिरहेको अवस्थामा आफ्नी श्रीमती र छोरा माइती नेपाल द्वारा पक्राउ परि सकुशल नेपाल फर्काएको खबर पाए पछी जमुना पौडेलका श्रीमान् लक्षमण पौडेल कतार देखि यही गत मिति असार ५ गते बिहीबार नेपाल पुगी अर्घाखाँची अदालत् बाट पति- पत्नी बीच कानुनि रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।

सम्बन्ध विच्छेद पछी जमुना पौडेल आफ्नो माइती घर गएकी र सल्यानका (ओमकर बिसी )नाम परिवर्तनलाइ आफ्ना आफन्तजनहरुले बुटवलको प्रहरी कार्यालय बाट छुटाई घर लागेको जानकारी आएको छ।

पछिल्लो समयमा अर्घाखाँची जिल्लामा सम्बन्ध विच्छेद गर्ने महिलाहरुको संख्या बढेको तथ्यांकले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी