Arghakhanchi Bulletin : The Fastest News Publisher

अष्ट्रेलियाले इंग्ल्यान्डलाई दियो जितको लागी २ सय ८६ रनको लक्ष्य

   
245   पटक पढिएको

एजेन्सी। पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो ।

अष्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय रनको योगदान दिए । यो फिन्चको वान डे करियरको १५ औं शतक हो ।

जोफ्रा आर्चरको ३६ ओभरको दोस्रो बलमा २ रन बटुल्दै कुल १ सय १५ बलमा आफ्नो वान डे करियरको १५ औं शतक पुरा गरेका थिए । लगत्तै अर्को बलमा ठूलो शट खेल्ने धुनमा फिन्च क्रिस वोक्सबाट क्याच आउट हुन पुगे । जारी विश्वकपमा फिन्चको यो दोस्रो शतक हो ।

फिन्चले यस अघि श्रीलंकासँगको खेलमा पनि उत्कृष्ट शतक प्रहार गरेका थिए । ओपनर डेविड वार्नर र आरोन फिन्चले २२.४ ओभरमा १ सय २३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी मोइन अलीले जो रुटबाट वार्नरलाई ५३ रनमा क्याच आउट गराउँदै तोडे । वार्नरले ६१ बलमा ६ चौका प्रहार गरे ।

बेन स्टोक्सले ३३ ओभरको दोस्रो बलमा उस्मान खवाजालाई २३ रनमा बोल्ड आउट गरे । ३९ ओभरको दोस्रो बलमा मार्क उडले कट निकाल्दै विकेटकीपर जस बटलरबाट ग्लेन म्याक्सवेललाई १२ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।

४२ ओभरको पाँचौ बलमा स्टिभ स्मिथसँग दुइ रन लिनेक्रममा तालमेल गर्न नसक्दा मार्कस स्टोइनसि ८ रनमा रन आउट भए । स्टिभ स्मिथ पनि ठूलो शट खेल्ने धुनमा ३४ बलमा ५ चौका प्रहार गर्दै ३८ रनमा क्याच आउट भए ।

विकेटकीपर एलेक्स केरीले २७ बलमा ५ चौका सहित ३८ रनमा अविजित रहे । प्याट कमिन्स १ र मिचेल स्टार्कले ४ रन जोडे । इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट हात पारे । जोफ्रा आर्चर,मार्क उड,बेन स्टोक्स र मोइन अलीको नाममा समान १ विकेट रह्यो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी