Arghakhanchi Bulletin : The Fastest News Publisher

बाबरको शतकसँगै पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हरायो

   
261   पटक पढिएको

एजेन्सी। युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

जारी विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो भने न्युजिल्यान्डले पहिलो हार ब्योहोरेको छ । यो जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानले जिवितै राखेको छ ।

बाबर आजम शतक प्रहार गरेपछि २ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानलाई सहज जित दिलाउन बाबर आजमले शतक प्रहार गरे । बाबर १ सय २७ बलमा ११ चौका सहित १ सय १ रनमा अविजित रहे । बाबरले १ सय २४ बलमा आफ्नो वान डे करियरको १० औं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए ।

त्यस्तै मध्यक्रमका ह्यारिस सोहेलले ७६ बलमा ५ चौका र २ छक्का सहित ६८ रनको महत्वपूर्ण योगदान दिए । सोहेल ४९ ओभरको तेस्रो बलमा रन आउट हुन पुगे । बाबर र सोहेलले चौथो विकेटका लागि १ सय २६ रनको शतकीय साझेदारी गरेपछि पाकिस्तानले सहज जित हात पारेको हो ।

चौका हान्दै खेल जिताएका कप्तान शर्फराज अहमद ५ रनमा नट आउट रहे । पाकिस्तानले तेस्रो ओभरको अन्तिम बलमा फकार जमानलाई ९ रनमा गुमाएको थियो । जमानलाई ट्रेन्ट बोल्टले मार्टिन गुप्टिलबाट क्याच आउट गराए । त्यस्तै ११ ओभरको दोस्रो बलमा ल्योकी फग्र्युसनले गुप्टिलबाट क्याच गराउँदै इमाम उल हकलाई १९ रनमा पेभिलिएन फर्काए ।

केन विलियमसनले मोहम्मद हफिजलाई ३२ रनमा क्याच आउट गराए । उनले ५० बलमा ५ चौका प्रहार गरे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन,टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले समान १ विकेट हात पारे । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

बाबर आजम त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो । न्युजिल्यान्डलाई मध्यम योगफलसम्म पुर्याउन जेम्श निशम आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गर्दै १ सय १२ बलमा ५ चौका र ३ छक्का सहित ९७ रनमा अविजित रहे ।

अन्तिम बलमा वहाब रियाजलाई छक्का प्रहार गरेपनि उनि आफ्नो वान डे करियरको शतक पुरा गर्न ३ रनले पछि परे । त्यस्तै कोलिन डी ग्राण्ड होमले पनि ७१ बलमा ६ चौका र १ छक्कासहित ६४ रनको योगदान दिए । एक समय २६।२ ओभरमा ८३ – ५ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई जेम्श निशम र कोलिन डी ग्राण्ड होमले छैटौं विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् ।

यी दुईबीचको साझेदारी ४८ ओभरको चौथो बलमा डी ग्राण्ड होम रन आउट हुन पुग्दा तोडिएको थियो । न्युजिल्यान्डले खराब सुरुवात गरेको थियो । मोहम्मद आमिरले दोस्रो ओभरको पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई ५ रनमा बोल्ड आउट गरे । सातौं ओभरको दोस्रो बलमा युवा खेलाडी शाहिन शाह अफ्रिदीले ह्यारिस सोहेलबाट क्याच गराउँदै अर्का ओपनर कोलिन मुनरोलाई १२ रनमा पेभिलिएन फर्काए ।

नवौं ओभरको अन्तिम बलमा अफ्रिदीले रोश टेलरलाई ३ रनमा क्याच आउट गराए । १३ औं ओभरको तेस्रो बलमा अफ्रिदीलेनै विकेटकीपर टम लेथमलाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड ४६–४ को दयनिय अवस्थामा पुगेको थियो ।

कप्तान केन विलियमसनले ६९ बलमा ४ चौका सहित ४१ रन जोड्दै न्युजिल्यान्डको इनिङ उकास्न खोजेका थिए । तर सादब खानले २६।२ ओभरमा कप्तान शरर्फराज अहमदबाट क्याच आउट गराएपछि न्युजिल्यानड ८३–५ को कमजोर अवस्थामा पुगेको थियो ।

पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले १० ओभरमा ३ मेडन सहित २८ रन खर्चेर ३ विकेट हात पारे । मोहम्मद आमिर र सादब खानको नाममा समान १ विकेट रह्यो । यो जितसँगै पाकिस्तान ७ खेलमा ३ मा जित र ३ मा हारका साथ ७ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।

पाकिस्तानले आफ्नो आठौं खेल आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ । न्युजिल्यान्ड ७ खेलमा ५ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्डले आफ्नो आठौं खेल आगमी शनिवार अष्ट्रेलियासँग खेल्ने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी