Arghakhanchi Bulletin : The Fastest News Publisher

करिश्माको एसइइमा बी प्लस: ‘उनि भन्छिन म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’

   
218   पटक पढिएको

काठमाडौं ।’नायिका करिश्मा मानन्धरले ‘एसएसइ परिक्षा’मा ‘बी प्लस’ ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी छिन् । नायिका मानन्धरले एसइइ परिक्षाको रिजल्टबाट आफू निकै नै खुशी भएको बताइन् ।

उनले, अब आफूले व्यवस्थापन बिषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया अनलाइनखबरसँग दिएकी छिन् । करिश्माले भनिन्–‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु ।’ नायिका मानन्धरले आफूलाई सोसल र पपुलेशन बिषयमा केही शंका लागेको समेत बताएकी छिन् ।

उनले भनिन्–‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको जवाफ दिन पाइन । यस्तै, मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ ।

तर, पछि छाडेर पपुलेशन पढेँ ।’ करिश्माले अगाडि भनिन्–‘मैले पपुलेशन जाँचको एकदिन अगाडि मात्र पढेको थिएँ । फेरि त्यो दिन म चाडै नै निस्किएको थिएँ । म त्यसमा चुकेको थिएँ । यदि मैले पढ्न पाएको भए अझै राम्रो आउन सक्थ्यो होला ।

’ तर, आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहिनेतका साथ निरन्तरता दिने प्रतिक्रिया दिएकी छिन् ।श्रोत अनलाइन खबर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया