Arghakhanchi Bulletin : The Fastest News Publisher

वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित

   
227   पटक पढिएको

एजेन्सी ।आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित भएको छ ।

जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंकगणितीय संभावना कायमै राखेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो ।

वेस्टइन्डिजका लागि युवा खेलाडी निकोलस पुरनले १ सय १८ रनको योगदान दिएपनि एक्लो प्रयास विशाल लक्ष्य पुरा गर्न पर्याप्त भएन । ४८ ओभरको पहिलो बलमा एन्जिलो मेन्थिसले कुशल परेराबाट क्याच आउट गराउनु अघि पुरनले १ सय ३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे ।

यो पुरनको वान डे करियरको पहिलो शतक पुरा गरे । निकोलसले ९२ बलमा शतक पुरा गरेका थिए । विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले तेस्रो ओभरको दोस्रो बलमै सुनिल एम्ब्रिसलाई ५ रनमा गुमाएको थियो । उनलाई लाथिस मलिंगाले कुशल परेराबाट क्याच आउट गराए ।

मलिंगालेनै शाई होपलाई पाँचौं ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड आउट गरे । १६ ओभरको दोस्रो बलमा कसुन रजिथाले क्रिस गेललाई ३५ रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो । गेलले ४८ बलमा २ छक्का र १ चौका प्रहर गरे ।

शिमरोन हिटमायर २९ रनमा रन आउट भए । जोसन होल्डर २६ र कार्लोस बर्थवेट ८ रनमा आउट भएपछि वेस्ट इन्डिज ३४.३ ओभरमा १९९-६ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका एविएन एलिनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोड्दै इनिंग उकासेका थिए ।

४५ ओभरको पहिलो बलमा निकोलस पुरनसँग रनमा तालमेल गर्न नसक्दा रन आाउट भएपछि वेस्ट इन्डिजको जित टाढिएको थियो । श्रीलंकाका लागि लाथिस मलिंगाले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । कसुन रजित,जेफ्री भान्डरसेय र एन्जिलो मेन्थिजले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । श्रीलंकाको लागि युवा खेलाडी अभिष्का फर्नान्डोले १ सय ३ बलमा ९ चौका र २ छक्का सहित १ सय ४ रनको महत्वपूर्ण योगदान दिए । फर्नान्डोलाई ४८ ओभरको दोस्रो बलमा शेल्डन कट्रेलले फबिएन एलनबाट क्याच आउट गराए । फर्नान्डोले एक सय बलमा आफ्नो वान डे करियरको पहिलो शतक पुरा गरे ।

जारी विश्वकपमा श्रीलंकाबाट शतक प्रहार गर्ने फर्नान्डो पहिलो खेलाडी हुन् । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १५।२ ओभरमा ९३ रनकोे साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी कप्तान जोसन होल्डरले शाई होपबाट दिमुथ करुणारत्नेलाई ३२ रनमा क्याच आउट गराउँदै तोडे ।

उनले ४८ बलमा ४ चौका प्रहार गरे । १९ ओभरको पहिलो रन आउट हुनुअघि कुशलले ५१ बलमा ८ चौका प्रहार गर्दै ६४ रनको योगदान दिए । ३२ औं ओभरको पाँचौ बलमा फबिएन एलिनले कुशल मेन्डिसलाई ३९ रनमा क्याच आउट गरे । होल्डरले एन्जिलो मेथ्युजलाई २६ रनमा बोल्ड आउट गरे ।

तल्लोक्रमका लाहिरु थिरिमनेले ३३ बलमा ४ चौका सहित ४५ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २,फबिएन एलिन,ओशन थोमस र कट्रेलले समान १ विकेट हात पारे । यो जितसँगै श्रीलंका ८ खेलमा समान ३ मा जित र हारका साथ ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।

श्रीलंकाको दुई खेल वर्षाको कारण रद्ध घएको थियो । यता ८ खेलमा ६ मा हार र १ मा जित सहित वेस्ट इन्डिज नवौं स्थानमा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी