Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

"बामरी"का गायक कुमार पुनले ल्याए बजारमा अर्को सालैजो भाका: गीतले लोकप्रियता बटुल्दै(भिडियो सहित )

   
1315   पटक पढिएको

पाल्पा । नेपाली लोक दोहोरी गायनको क्षेत्रमा कुमार पुनको बेग्लै पहिचान छ । उनको गायन सबैले मन पराउँछन् । यसअघि उनले गाएको बामरी बामरी म भोलि गइहाल्छु बसे रामरी बोलको गीतको सर्वाधिक लोकिप्रय बन्यो ।

उनले जति पनि गीतमा स्वर दिएका छन् । ति सबै चर्चित छन् । अहिले फेरि उनै गायक पुनले शिरमा फुल माया बोलको सालैजो भाका बजारमा ल्याएका छन् । यो गीत दर्शक स्रोताले निकै मन पराएका छन् ।

गीतमा कुमार पुन, जमुना राना र कुमारी चेपाङको स्वर रहेको छ । जुन गीतको लय शब्द कुमार पुनकै रहेको छ । स्थाई रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको एरेन्ज सागर बिरहीले गरेका छन् । गीतको भिडियोमा बद्री केसी, दिपक मैथाने मगर, सोफिया बुढा, एन्जी रोका लगायतको नृत्य रहेको छ ।

निर्देशन, छायांकन तथा सम्पादन मनोज गुरुङले गरेका छन् । त्यस्तै छायांक सहयोगीको रुपमा मनि गुरुङ र कोरियाग्राफी बद्री केसीको रहेको छ । गायक पुन हाल कार्यक्रमको सिलसिलामा युकेमा रहेका छन् । यो गीतको भिडियो समेत युकेमा निर्माण गरिएको हो ।

यो गीतको भिडियो निर्माणका लागि युकेमा रहेका यम पुर्जा र युकेमा रहेका कुमार पुनका सम्पूर्ण आफन्तहरुले सहयोग गरेका छन् ।

#action=share"> भिडियो हेर्नका लागि यँहा क्लिक गर्नुहोस्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया