Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ब्राजिलले फाइनलमा पेरुलाई ३-१ गोलको अन्तरले पराजित गर्दै नवौं पटक बन्यो च्याम्पियन

   
552   पटक पढिएको

एजेन्सी। घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो । ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेससले एक गोल र एक असिस्ट गर्नुका साथै दोस्रो हाफमा रातो कार्ड खाए । खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो ।

फरवार्ड ग्यब्रीएल जेससले दिएको पासमा एभरटनले भली प्रहार गर्दै गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमा नै जेससले आर्थरको पासमा गोल गरे ।

दोस्रो हाफको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । जेससले कार्ड खाएर मैदान बाहिरिने क्रममा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मोनिटरलाई धकेलेका थिए ।

तर रिचारलीसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे । ब्राजिलको यो समग्रमा नवौं कोपा अमेरिका उपाधि हो । ब्राजिलले प्रतियोगिता आयोजना गरेको हरेक पटक उपाधि जितेको इतिहास रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया