Arghakhanchi Bulletin : The Fastest News Publisher

इरानमाथी अमेरिकी हस्तक्षेप रोकिनु भारतिय प्रधानमन्त्री सँग कुनै सम्बन्ध राख्दैन,छिमेकीहरुलाई धम्क्याउने भारतको नयाँ खेल हो: खुम रायमाझी

   
281   पटक पढिएको

कुवेत।
असार २५, अर्घाखाँचीबुलेटिन- केही नेपाली अनलाइन र भारतबाट प्रकाशित हुने पत्रिकाहरुले इरानमा अमेरिकी हमला हुनबाट रोकिनुको प्रमुख कारण नरेन्द्र दामोदर दास मोदी शक्तिशाली प्रधानमन्त्री भएर सत्तामा अाउनु हो भनेर दावी गरेकाछन्।

यो एउटा भारतका छिमेकी मुलुकहरुमा प्रभाव पार्ने अस्त्रकोरुपमा पनि लिन सकिन्छ,भारतले नेपालमाथी अाफ्नो एकल दबदबा बनाउने निती कायम नै राखेक‍ो छ र केही नितीहरु प्रयोग गरेर हेरिसकेको पनि छ।

पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने अाफ्नो कुटनितिक हैसियतलाई भुलेर नाकाबन्दी लगाएर नेपाली जनतालाई त्रसित पार्ने काम समेत गर्यो त्यसवेला नेपाल सरकारले भन्दा पनि नेपाली जनताले नाकाबन्दीलाई राष्ट्भक्तिका साथ डटेर सामना गरेको कुरा हामी भुल्न सक्दैनौं।

अहिले भर्खरकै घटनाक्रमलाई हेर्ने ह‍ो भने नेपाल सरकारले भारतबाट अायात हुने फलफुल र तरकारीको विषादी नाकामा परिक्षण गरेर मात्रै नेपाल भित्र्याउने निर्णय गरेको थियो तर त्यसलाई भारत सरकारले अाफ्नो राजदुतावास मार्फत पत्र काटे मुताविक नै नेपाल सरकारलाई तत्काल त्यो निर्णय फिर्ता लिई रोक लगाउन बाध्य बनायो।

अमेरिकाले इरानमा अाक्रमण गर्नबाट पछी हट्नु मोदी शक्तिशाली भएर अाउनु हो भनेर भ्रामक समाचारहरु प्रकाशित गरिनु वर्तमान स्थितिमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा छिमेकी मुलुक नेपाललाई दवाव बनाउनु हो भनेर बुझ्न त्यति गाह्रो पर्दैन।

इरान अाफैमा एक अात्मनिर्भर भएको देश हो,यहाँ हमला गर्न अमेरिकालाई इराकमा जस्तो सजिलो कदापी छैन,तसर्थ यस विषयमा भारतका प्रधानमन्त्री शक्तिशाली भएर अाउनुले कुनै महत्व राख्दैन बरु अमेरिकाले इरानमाथी अाक्रमण गर्न नसक्नुक‍ो कारण यस्तो छ:

क - इरान
१. इरान को ९६ % जनसंख्या सिया मुसलमान हुनु !!
२. इरानमा तुलनात्मक रुपमा प्रजातन्त्र हुनु !
३. इरानमा ७ करोड ८० लाख जनसंख्या हुनु !
४. इरानको प्रभाव- साउदीको सिया समुदाय, इराक, सिरिया, लेबनान, बहराइन, कुवेत, यमन, पाकिस्तान, भारत जस्ता देशमा जनसख्याको एउटा भागमा जबर्जस्त प्रभाब हुनु !
५. सामरिक शक्तिमा इरान प्रभाबशालि हुनु !
६. रुस निर्मित यस ३०० एण्टी ब्यालेस्टिक, एण्टी एयरक्राफ़्ट मिसाइल हुनु !
७. मदर अफ अल बम हुनु !
८. १ मिनेट मा १७ सय मिसाइल फायर गर्ने क्यापासिटी हुनु !!
९. ४५ सय किलोमिटर सम्म प्रहार गर्न सक्ने मिसाइल हुनु !
१०. इरान आफैले बिकसित गरेको कहर - ३१३ नाम को स्टील्थ फ़ाइटर जेट हुनु !
११. इरान आफैले बिकसित गरेको लाइट अट्याक - हेभी अट्याक हेलिकप्टर हुनु !!
१२. इरान समुद्री तार्पिडो र गाइडेड बम आफैले बनाउन सक्षम हुनु !
१३. समुन्द्रमा साना बोट बाट एयर क्राफ्ट क्यारियर ध्वस्त पार्न सक्ने क्षमता इरानसँग हुनु !
१४. ठुलो संख्या मा फौज हुनु र जसंख्या को अनुपातमा धेरैले हतियार चलाउन जान्नु !!
१५. इरान आफैले बिकसित गरेको प्रभाबकारी एन्टी एयरक्राफ्ट मिसाइल सिस्टमको ठुलो संख्यामा तैनाथी हुनु !!
१६. सिया धर्मप्रति त्यहाँका जनता समर्पित हुनु !!

ख - बाह्य
१. इरान माथिको आक्रमण केवल इरानमा मात्र सिमित नरहनु !
२. पाकिस्तान - कतार - सिरिया - टर्की जस्ता देशको बिरोध हुनु !!
३. रुस र चीनले खुलेर इरानको समर्थन गर्नु !
४. युरोपेली देश बेलायत बाहेकले अमेरिकाको समर्थन नगर्नु !!
५. अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रंप आफ्नै देशमा एक्लिनु !
६. पेण्टागन भित्रै आक्रमण गर्ने सवालमा मत विभाजन हुनु !!
७. अमेरिका परमाणु सन्धिबाट आफै अलग हुनु र आक्रमण गर्ने नैतिकता गुमाउनु !!
८. मध्य पूर्वमा साउदी अरब र इजरायल बाहेक अरुले अमेरिकालाई साथ नदिनु ।

आदी इत्यादी कुराहरुले इरान अाफैमा अात्मनिर्भर भएको वलियो देश हो,त्यसैले भ्रामक समाचारहरुले भारतका छिमेकी मुलुकहरुको ध्यानाकर्षण त गराउला तर भारत सरकारकै कारण इरानमा युद्ध रोकियो भन्ने कुरा सत्यता नभई संयोग मात्रै हो।खुम रायामाझी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया