Arghakhanchi Bulletin : The Fastest News Publisher

भारतिय टिमका ओपनर नचल्दा न्युजिल्याण्ड बिरुद्धको खेलमा भारत १८ रनले पराजित

   
263   पटक पढिएको

एजेन्सी ।भारतलाई हराउँदै न्युजिल्याण्ड आइसीसी क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई १८ रनले पराजित गरेको हो । जीतका लािग २४० रनको लक्ष्य पाएको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो ।

६ विकेटको क्षतिमा ९२ रनको खराब स्थितिबाट महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाले शतकीय साझेदारी गरे पनि जीत दिलाउन सकेनन् । जेडेजाले विस्फोटक ब्याटिङ गर्दै मात्र ५९ बलमा ७७ रन बनाए । यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए ।

त्यस्तै, धोनीले ७२ बलमा ५० रनको योगदान दिए । उनले १ चौका र एक छक्का हिर्काए । रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए । भारतको सुरुवात निकै खराब भएको थियो । भारतले ५ रनमा शीर्ष ३ ब्याटसम्यानलाई गुमाएको थियो । कप्तान विराट कोहली, रोहित शर्मा र केएल राहुलले एक–एक रन मात्र बनाउन सके । ३० ओभरमा ९२ रन हुँदा भारतले ६ विकेट गुमाइसकेको थियो ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए । यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ७४ रन बनाए भने कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । टेलरले ९० बल खेल्दै ३ चौका र एक छक्का हिर्काएका थिए भने विलियमसनले ६ चौका हिर्काए । त्यस्तै, हेनरी निकोलासले २८ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा र युज्वेन्द्र चाहालले एक–एक विकेट लिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी