रोजगारीको शिलशिलामा कुवेत कार्यरत अर्घाखाँची मलारानी गाँउपालिका ६ स्थायी घर भएका बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेका छन् ।
हाल कुवेतमा रहेका वसन्तले यहाँ हुने हरेक सांस्कृत्तिक कार्यक्रमहरुमा प्राय:मञ्चलाई तताउँदै अाइरहेकाछन्। दर्शकहरुको मायालाई सम्मान गर्दै यसपाली गायक बसन्त परियारले आफ्नै लय, शब्द रहेको नयाँ लोकदोहोरी गीत “हाम्रो जिल्ला अर्घाखाँचीमा” चाडै नै बजारमा ल्याउने भएका छन् ।
सानै उमेरदेखी गीत संगीतमा रुची राख्दै आएका गायक बसन्त परियारको ८ भागको गीत रहेको छ। नयाँ लोकदोहोरी गीतमा लोक गयिका सुनितामी परिवारको आवाज रहेको छ ।उनि भन्छन् मेरो व्यक्तिगत लोकप्रियताको लागि मात्र नभई संगितको माध्यमबाट समग्र जिल्लाको पर्यटनको लागी पनि टेवा पुराउने हेतुले यो एलबम सार्वजनिक गर्न लागेको कुरा उनि बताउँछन्।
गायक परियार कुवेतमा कला र संगितलाई संरक्षण गर्दै अाएको नेपाल कुवेत साँस्कृतिक मञ्चका सक्रिय सदस्य पनि हुन् ।
उनको नयाँ लोकदोहोरी गीतलाई वजारमा ल्याउन नेपाल कुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बराल र नेहा राईले बिशेष सहयोग गरेका छन् भने उक्त गीतलाई उत्पादक तथा वितरक अर्घादरवार फिल्मस प्रा.ली. सामाखुशी काठमाडौंले गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया