Arghakhanchi Bulletin : The Fastest News Publisher

कुवेत आएकी आमा एकाएक सम्पर्कविहिन भएपछी तिनजना छोराछोरीको विचल्ली

   
490   पटक पढिएको

कुवेत,अर्घाखाँची बुलेटिन-४ बर्ष पहिले कुवेत आएकी एक नेपाली महिला सम्पर्क बिहिन बनेकी छन ।

बर्दघाट-५ पालनडाँडा, नवलपरासी निवासी नर बहादुर थापा मगरकी श्रीमती हेमा थापा मगर ४ वर्षदेखि बेखबर बनेकी हुन् । कुवेत आएको दुई महिनादेखि नै परिवारको हेमा परिवारको सम्पर्कमा नरहेको बताइएको छ । एकाएक सम्पर्क बिहिन भनेकी हेमाको खोजी कार्यमा सहयोग गरिदिनुहुन कुवेतमा रहेका नेपाली जनसमुदायलाई परिवारले अनुरोध गरेको छ ।

उनका २ छोरा र १ छोरी आमा फर्कने आशमा बाटो कुरेका छ‍ोराछोरी आमा बेखवर बनेपछि अहिले अलपत्र अवस्थामा छन । हेमा सम्पर्क बिहिन भएको केही महिना पहिला पनि विभिन्न अनलाइन न्युजपोर्टलहरुबाट समाचार सम्प्रेषण भएपनि अहिलेसम्म कतैबाट जानकारी पाउन नसकिएको भन्दै फेरि अनुरोध गरेको छ ।

कुवेतबाट सम्पर्कविहिन भएकी हेमाको खोजी गरी सकुशल नेपाल फर्काउन सहयोग गरिदिन नेपाली राजदुतावास लगायत कुवेतमा क्रियाशिल संघसंस्था, समाजसेवी, पत्रकार तथा नेपाली जनसमुदाय समक्ष परिवारले अपिल गरेका छन्।

हेमालाई भेट्नु, देख्नु वा चिन्नु भएमा-
खुम रायामाझी -९७२२४९०८,
निम बुढा मगर- ६६९७५७१४,
रुपेन्द्र विक्रम हमाल-  ६५६९२१२१ सँग सम्पर्क गरेर वा राजदुतावास कुवेतलाई जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे