Arghakhanchi Bulletin : The Fastest News Publisher

किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा याक्थुङ्हरुको पर्व "येले तङ्बे"५०७९ को सिसेक्पा तङ्नाम तथा साउने सक्रान्ति २०१९ को रात्री बनभोज कार्यक्रम साथै "केवाईसी" गीतकार अवार्ड २०१९ भव्यताका साथ सम्पन्न

   
172   पटक पढिएको

तेलअभिव इजरायल ।
असार ,३० अर्घाखाँचीबुलेटिन -यही गत मिति १२ जुलाइ २०१९ तारीख शुक्रबार साँझ किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा याक्थुङ्हरुको मौलिक चाड येले तङ्बे ५०७९ को सिसेक्पा तङ्नाम साउने संक्रान्ति २०१९ को पावन अवसरमा अयोजना रात्री बनभोज कार्यक्रम तेलअभिवको यार्कोंन पार्कमा शान्त र मनोरञ्जनात्मक ढंगले सम्पन्न भएको छ।

रात्री बनभोजकै अवसरमा अन्य थप २ ओटा कार्यक्रम "KYC गीतकार अवार्ड २०१९ "को बिजेता घोषणा र भाग्यशाली चिट्ठा उपहार कार्यक्रम पनि सम्पन्न भएको छ ।

"KYC गीतकार अवार्ड २०१९ "को अवार्ड, सम्मान पत्र र नगद रु १० हजार गितकार श्री श्रीराम अधिकारीले हात पार्न सफल भएका छन् ।

KYC गीतकार अवार्ड २०१९ विजयी श्रीराम अधिकारीलाई किराँत याक्थुङ चुम्लुङ इजरायलले बधाई तथा शुभकामना दिदै सहभागी सबैलाइ प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतको क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदान प्रति उच्च कदर गर्दै खुलेरै प्रसंसा मात्र नगरी प्रशंसापत्र समेत प्रमुख अथिती( nefin इजरायलका अध्यक्ष )श्री तारा काउचा मगर र विशिष्ट अथिती ( NRNA,NCC इजरायलकि अध्यक्ष )श्री शान्ता ज्ञवालि अधिकारीको हातबाट प्रदान गरिएको थियो।

अवार्ड कार्यक्रममा १८ भन्दा बढी गितकार ,गायकहरुको सहभागीता रहेको थियो भने गीतको उत्कृष्टताको मुल्यांकन अथवा निर्णायकको रुपमा सम्माननिय प्रा.डा कृष्णहरि बराल हुनुहुन्थ्यो,उहाले शब्दको निश्पक्ष मुल्यांकन गर्नुका साथै सम्पुर्ण गीतकारहरुलाइ सुझाव र शुभकामना सन्देश पनि दिनु भएको थियो।

भाग्यशाली चिट्ठा उपहारको बिजेता भने 0018(००१८, अठार) अंक भएको चिट्ठाआर्धकट्टिको हकवाला भएको छ। यद्यपि ००१८ अंक भएको टिकट्को हकवाला (owner )पत्ता लागिसकेको भने छैन, आयोजना अनुसार उहाले जित्नु भएको रु - ५० हजार बराबरको नगदको चेक भने आयोजक समिति संग सुरक्षीत रहेको बुझिएको छ ।

साथै सम्पुर्ण इजरायलबासिहरुमा हकवाला ( १८ नम्बर चिट्ठाको धनि)लाई आजको मितिबाट हप्ता दिन सम्ममा समितिमा सम्पर्क गराइ सहयोग गरिदिनुहुन किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रमको अन्त्यमा विभिन्न नेपाली खानाको परिकार साथै (BBQ) र अनौपचारिक सङ्गितिक मनोरञ्जनका साथ कार्यक्रम सम्पन्न भएको छ।

"KYC गीतकार अवार्ड २०१९ " कार्यक्रम कुनै प्रतिस्पर्धात्मक नभई साहित्य सर्जक ,श्रष्ठा तथा गीतकारहरुको उत्स्व वा पर्वको रुपमा स्वीकारेर सामेल हुनुहुने सहभागीहरु प्रती आभार तथा अवार्ड हात पार्नुहुने गीतकार श्री श्रीराम अधिकारी ज्यु लगायत सहभागी गीतकार ज्युहरुलाई उहाँहरुको कला तथा साहित्यिक कलम कहिले नरोकियोस भन्दै किराँत याक्थुङ चुम्लुङ इजरायल सफलताको शुभकामना साथै उज्ज्वल भबिस्यको कामना गरेको छ।साथै भाग्यशाली चिट्ठाको बिजेता भाग्यमानी ब्यक्ति जो कोहि भए पनि हार्दिक बधाई तथा शुभकामना आयोजक टिमले व्यक्त गरेको छ ।

रात्री बनभोज तथा" KYC गीतकार अवार्ड २०१९" र भाग्यशाली चिट्ठामा सहभागी जनाउनुहुने सम्पुर्ण इजरायलबासी नेपाली तथा नेपालीभाषीहरु प्रती र प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने महानुभावहरु र कार्यक्रममा आफुले पाएको कार्य जिम्मेवारी इमान्दारी पुर्वक निभाउनु हुने सम्पुर्ण "किराँत याक्थुङ चुम्लुङ "का अग्रज सुभचिन्तक याक्थुङ तथा नेपाली दाजुभाइ दिदिबहीनीहरुमा ''किराँत याक्थुङ चुम्लुङ" इजरायल परिवार हार्दिक धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्नुका साथै कार्यक्रममा भएका कमिकम्जोरीहरुलाइ आउँदा दिन र कार्यक्रम हरुमा सुधार्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया