Arghakhanchi Bulletin : The Fastest News Publisher

कुवेतमा उपचाररत भागिरथ चापागाईको निधन

   
340   पटक पढिएको

कुवेत।कुवेतको अल आदान अस्पतालमा अर्धचेत अवस्थामा उपचाररत भागिरथ चापागाईको निधन भएको छ ।

बर्दघाट नगरपालिका-१२ नवलपरासीका भागिरथ चापागाईको निधन आइतबार (हिजो)बिहान भएको बुझिएपनी ढिलो गरी घटना सार्वजनिक भएको हो । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका भागिरथ बिगत अढाई बर्षदेखि कुवेतको अदान अस्पतालमा उपचार गराइरहेका थिए ।

घटना भएको जानकारी पाएको तर आफू कुवेत बाहिर रहेकाले भोलि पुर्ण विवरण लिने र जानकारी गराउने नेपाली राजदुतावास कुवेतका तृतीय सचीव मनोज सिंहले बताए ।

गत २०१७ जनवरी ७ का दिन महाबुल्ला भन्ने स्थानमा बाटो काट्ने क्रममा भागिरथलाई गाडीले ठक्कर दिएको थियो । ठक्करवाट गम्भीर घाइते भएका उनको अदान अस्पतालको आइसियू कक्षमा २ महिना राखेर उपचार गरिएको थियो ।

एकदमै नाज़ुक अवस्थामा रहेका भागिरथ सोही अस्पतालमा उपचार गराइरहेका थिए । चापागाईको स्वदेश फिर्तिको लागी लुम्बिनी समाज नेपाल कुवेतले सहयोग अभियान चलाएको थियो ।

उक्त अभियानबाट ४ हजार केडि भन्दा बढी रकम संकलन भएको थियो । यद्यपी समाज र दूतावासको अथक प्रयासबाट पनि उनलाई स्वदेश फर्काउन सकेको थिएन । मृतक भागिरथको शव कुवेत फ्रान्सिस साइन्समा राखिएको दूतावास श्रोतले जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी