Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीकी होनहार गायिका मिरा कौशलको नयाँ तिज कोशेली "नकोरन सलाई" भर्खरै मात्र बजारमा सार्वजनिक (भिडियो सहित )

   
903   पटक पढिएको

कमला थापा ,सन्धिखर्क ।
साउन ७ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर -५ छत्रगंजमा जन्मेकी लोकदोहोरी गायिका मिरा कौशलको नयाँ तिज कोशेली "नकोरन सलाई" भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

पछिल्लो समयमा नेपाली लोकसंगीत क्षेत्रमा अर्घाखाँची बाट आफुलाई एक लोकदोहोरी गायिकाको रुपमा राष्ट् सामु चिनाउन सफल मिरा कौशल हाल अर्घाखाँचीमा रहेको एकमात्र दोहोरि साँझ "फुदबाँग लोकदोहोरि साँझ)मा गीत गाउने गर्दछिन ।

सुमुधुर आवाजकी धनी अर्घाखाँचीकी चर्चित गायिका मिरा कौशलले नेपाली महिला दिदिबहिनिहरुको महान चार्ड हरितालिका तिज २०७६ को अवसरमा गायक आर सी पौडेल र आफ्नै आवाजमा सजिएको तिज कोशेली युट्युब च्यानल मार्फत सार्वजनिक गरिसकेकी छिन।

गितमा सब्द /संकलन तेजेश रेग्मीको रहेको छ भने एरेन्जमा सुदिप सागर ,रेकर्डिङ आकाश गौतम ,मिक्सिंग मास्टरिंग एबी एन किस्मतले गरेका छन् ।तेस्तै शृंगारमा सक्षम पुडासैनी,फोटोग्राफरमा रक कौशल ,डिजाइन -चित्र मास्की मगर व्यवस्थापनमा सुय थापा मगर र भिडियो छायांकन सम्भु चालिसेले गरेका छन् ।

यस तिज गीतको भिडियो सम्पादन सुजन साहीले गरेका छन भने निर्देशन चित्र मास्की मगरले गरेका छन् । मोडल तेजेस रेग्मी ,पुजन घिमिरे ,सुर्य चापागाईंको यस तिज गीतमा उतकृष्ट अभिनय रहेको छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया