Arghakhanchi Bulletin : The Fastest News Publisher

तीज गीत “रातो साडी लर्काउदै " बजारमा सार्वजनिक (भिडियो सहित )

   
469   पटक पढिएको

हरि कुँवर,अर्घाखाँची ।
साउन ६ ,अर्घाखाँचीबुलेटिन -तीज गीत “रातो साडी लर्काउदै " सोमबार सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज लाई लक्ष्यित गरि गीतहरु सार्वजनिक हुने क्रम बढेको छ ।

एक पछि अर्को गीत सुटिङमा कलाकार व्यस्त भएका छन । कोहि साउने झरीमा सिन लिन व्यस्त छन भने कोहि पहाड तिर रमाउदै दृश्य लिएका तस्बिर देख्न सकिन्छ । यसैक्रममा रैनादेवि छहरा गाउँपालिका वाड न.६ अमिले पाल्पाका नवगायक अमर घर्ती र संगिता पौडेलको संयुक्त तिज गित “रातो साडी लर्काउदै ” सोमबार युटुव च्यानल बाट सार्वजनिक भएको छ ।

अमर घर्तिको शब्द संगीत रहेको गीतमा घर्ती संगै संगिता पौडेलको स्वर रहेको हो । गीत विरेन विसीको सयोगमा हेमन्त शिसिरले एरेन्ज गरेका छन। प्रशन्न डिजिटल प्रा. लि मार्फत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा करिस्मा परियार र पवन परियार को दमदार अभिनय गरेको देख्न सकिन्छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया