Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँची पाणीनिका चर्चित गायक तिलक वेल्वासेको तिज कोशेली “तिर्सना मेटौला”भर्खरै मात्र बजारमा सार्वजनिक (भिडियो सहित )

   
3049   पटक पढिएको

कमला थापा ,सन्धिखर्क ।
साउन ७ ,अर्घाखाँचीबुलेटिन -जिल्लाको पाणिनि कलाकार कल्याणकारी समाज अर्घाखाँचीका महासचिव समेत रहेका चर्चित लोकदोहोरी गायक तिलक वेल्वासेले २०७६ सालको तीज कोशेली “तिर्सना मेटौला”भर्खरै मात्र वजारमा सार्वजनिक गरेका छन ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर-७ अडगुरीमा जन्मेका गायक तिलक वेल्वासे नेपाली लोकसंगीत क्षेत्रमामा प्रवेश गए लगत्तै अहिले सम्म एकदर्जन भन्दा धेरै लोकप्रिय लोकदोहोरि एल्बम र पन्चे बाजाका एल्बमहरु बजारमा ल्याई सकेका छन।

गायक बेल्वासेका बजारमा सार्वजनिक भइसकेका गीति एल्बमहरु यस्ता रहेका छन् - "तारा जुनले "सत्ते सानु बिचल्ली मेरै भो टाढा हुनाले "त्यस पछि "अनर्थ "यस्तो अनर्थ केलाई भयो सानु ,अब फेरि छुट्टीने बेला भयो सानु "आसु "आसु ओइरो छ , किन रुन्छौ नभन भो मलाई मनमा पिर गहिरो छ, "बिहेको बर्ष "चिनिन मैलेत जस्ता गितहरुले लोकसंगीत क्षेत्रमा र राष्ट्र सामु उनलाई तिलक बेल्वासे भनेर चिनाउन सफल भएको हो ।

यस “तिर्सना मेटौला” तिज गीतमा गायक तिलक वेल्वासे र गायिका रुक्मीणा घिमिरेको सुमुधुर स्वर रहेको छ भने गीतको निर्देसन शंकर बिसीले गरेका छन ।

नेपाली मौलिक गीत संगीतका पारखी दम्पति नेपाली लोक विेधाका उज्जवल तारा सरी चम्किदै छन । कहिले नव विवाहित जोडि त कहिले विदेशीएका दम्पतिका वेदनाहरुलाई जस्ताको तस्तै टपक्क टिपेर तीजगीत मार्फ़त र अन्य लोकदोहोरी एल्बम मार्फत् पस्किदै आएका जोड़ी यसपटक अविवाहित केटा केटीको सम्बन्धलाई जोड़ दिएका छन ।

बसन्त ऋतु म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायक तिलक वेल्वासे र रुक्कीमणाको आवाजमा रहेको यस तिज कोशेलीमा शब्द/संकलन स्वयंम बेल्वासेकै रहेको छ भने एरेन्जर तर्फ पछिलो समयमा नेपाली संगीत तर्फ एकदमै चर्चा कमाउन सफल अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ८ किमडाँडामा जन्मेका एरेन्ज किंग कमल सौरागले एरेन्ज गरेका छन ।

यस तिज गीतको म्युजिक भिडियोको छायाँकन मुकेश हुमागाईंले गरेका छन भने सम्पदान नबिन घर्ति मगर ,दृश्य निर्माण कृष्ण फिलिम्स एण्ड एड्भरटाईजिंगले गरेको छ ।

गीतको रेकर्ड स्टुडियो मारुनी डिजिटल र मिक्सिंग कुमार रानाले गरेका हुन। गीतमा चर्चित मोडल संकर विसी र करिश्मा ढकालको उत्कृष्ट अभिनय रहेको छ ।

">भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया