Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीका चर्चित गायक बसन्त लम्साल र गायिका मञ्जु भट्टराईको तिज कोशेली "गोरखपुरे रेल"भर्खरै मात्र बजारमा सार्वजनिक (भिडियो सहित )

   
662   पटक पढिएको

कमला थापा ,अर्घाखाँची ।
साउन ९ ,अर्घाखाँचीबुलेटिन -अर्घा दरवार फिलिम्स प्रा.लि.को प्रस्तुतिमा चर्चित गायक बसन्त लम्साल र गायिका मंजु भट्टराईको तिज कोशेली "गोरखपुरे रेल"भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर -५ पालीमा जन्मेका लोक पारखी गायक बसन्त लम्साल पछिल्लो समयमा नेपाली दर्शक श्रोताहरु बाट निकैनै चर्चा बटुल्न सफल भएका छन। गीतका शब्द संकलन देखि लय बनाउन र गायनमा निकै माहिरको रुपमा चिनिन्छन लम्साल ।

अर्घाखाँचीमा जन्मेका उनि हाल रुपन्देहिलाई कर्मथलो बनाई सांगीतिक क्षेत्रमा अगाडि बढेका गायक लम्साल गीत गाउदै देशका विभिन्न कुना-कुना सम्म पुगेका छन भने नेपाल बाहिर पनि स्टेज गित गाउँन पुगीसकेका छन ।

चर्चित गायक बसन्त लम्सालले बजारमा सार्वजनिक गरेका अत्यन्तै लोकप्रिय गीति एल्बमबहरु - बिछोड्को घाउ, जिउदै श्रद्धाञ्जली, रबी लामिछाने, हाम्रो प्यारो अर्घाखाँची" लगाएतका अन्य दर्जनौ गीतहरु नीकै नै चर्चामा छन । लम्सालले आजको मिति सम्म करिव पचास वटा भन्दा धेरै गीतहरुमा आवाज दिईसकेका छन भने दर्जनौ गितमा लयसंकलन गरेक छन ।

नेपालि महिला दिदीबहिनीहरुको महान चार्ड हरितालिका तिज २०७६ को अवसरमा लोकदोहोरी गायक लम्सालले आफ्नै आवाज र गायिका मंजु भट्टराइको सुमुधुर स्वरमा रहेको 'गोरखपुरे रेल" बजारमा सार्वजनिक गरेका छन। जस गितमा सब्द संकलन बिक्कु कुँवरको रहेको छ भने लय स्वयंम गायक बसन्त लमसालले भरेका हुन।

तिज कोशेली "गोरखपुरे रेल"तिज गितको एरेन्ज गायक /मोडल /सर्जक /एरेन्जर बिश्वास नेपालले गरेका छन् भने निर्देशन /कोरियोग्राफी काजिश श्रेष्ठ,छायाँकन अजय रेग्मी ,सम्पादन दिपक बिष्टले गर्नु भएको छ। गीतको उत्पादक/वितरक -अर्घा दरवार फिलिम्स प्रा.लि.र दृश्य निर्माण सुर्यविनायक फिलिम्स प्रा.लिले गरेको छ।

मोडल चर्चित गायक रामजी खाँण,सालिना नेपालि र बिश्वास नेपालको दमदार अभिनय रहेको छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया