Arghakhanchi Bulletin : The Fastest News Publisher

गृहमन्त्री राम बहादुर थापा "बादल"लाइ यी युवाले लेखे अत्यन्तै भावुक हुने पत्र

   
1460   पटक पढिएको

जीवन खनाल,सन्धिखर्क ।
साउन ९ ,अर्घाखाँचीबुलेटिन - 
श्रीमान माननिय गृहमन्त्री राम बहादुर थापा "बादल" ज्यु

तपाईं लाई के कुरा ले सम्बोधन गरु जबकी तपाईं लाई सम्बोधन गर्नको लाएक कुनै शब्द छैन । दस बर्ष युद्ध र १९ दिने जन - आन्दोलन गरेर राजतन्त्र फाली गणतन्त्र ल्याएको हो भनी गफ हान्नु बाहेक कुनै कुरा रहेन ।

न त गणतन्त्र मा जनता सुरक्षीत भए, न त जनता का चेलीबेटी, न त जनता ले भनेको र सोचेको अधिकार आयो, न त तपाईं को चुनाबी नारा वा हिजाे भूमिगतकालमा तपाईंले गर्नुभएका प्रतिवद्धता पूरा भयो । अर्को कुरा तपाईं कुन हैसियत ले बोल्नु भयो "निर्मला जस्ता अरु पनि बलात्कार हुन्छन हामी रोक्न सक्दैनौ" कति सजिलो छ है भन्न । तपाईं अाफ्नै चेलीकाे कल्पना गर्न सक्नुहुन्छ ?

तपाईं याे देशकाे गृहमन्त्री हो "बादल" ज्यु, र तपाईंको जिम्मा अाम नेपालीको शान्ति, सुरक्षा, अमन चैन हाे । तपाइकाे जिम्मेवारी अनुसार यो भन्नू गलत, बचकाना र गैरजिम्मेवारी हो । भोलि को दिन कस्ले देखेको छ र भोलि को दिन मा तपाईं को छोरी चेली पनि बलात्कृत नहोलान भन्न सकिन्न तर त्यस्तो अनिस्ट नहोस मानौ एउटा कुराले त्यो बेला तपाईं के गर्नुहुन्छ भनिदिनु पर्यो ?

यहि शब्द ले शंका लाग्न थालिसक्यो कि निर्मला को हत्यारा कतै तपाइको संरक्षण मा त छैन ? वा मिडियामा हल्ला भएकाे जस्ताे त हैन ? जनताको सुरक्षा गर्नु तपाइको दायित्व हो, जनताले तपाईं लाई जनताको सुरक्षा को लागि गृहमन्त्री बनाएको हो, गरीब जनताकाे कर तपाईंले प्रयाेग गर्नुभएकाे जनता मार्न होइन ।

दस बर्से युद्ध जनता को अधिकार को लागि लडेको हो भनेर कसरी बिश्वास गर्ने जनता ले ? हिजो सरकारप्रति र तपाईंप्रति अति विश्वास गर्ने आमजनताले यतिखेर देशमा सरकार छ भन्ने सामान्य अनुभूतिसम्म गर्न सकिरहेका छैनन् । अहिले को परिस्थिति हेर्दा त्यो युद्ध तपाईहरु आफ्नो स्वार्थ र आफ्नो धन सम्पती को लागि गरेको एउटा नाटक जस्तो लाग्छ ।

के यहि दिन देख्न का लागि १७००० निर्दोष नेपाली जनताले ज्यान दिएका हुन त ? यदि बलात्कार, गुण्डागर्दी, तस्कर रोक्न सक्नुहुन्न भने त्यो अधिकार जनता लाई दिनु सजाय जनता ले दिनेछन होइन भने आफै एक्सन लिनु पर्यो अझै समय छ मन्त्री ज्यु केही गर्नुहोस नत्र भने त्यो कुर्सीमा बस्ने अधिकार तपाइलाई छैन राजीनामा दिदा सबैभन्दा उत्तम हुन्छ । केही गलत बोलेको भए माफी पाउ ।

धन्यवाद उही पीडित जनता जीवन खनाल
( प्युठान न पा ४ प्युठान)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे