Arghakhanchi Bulletin : The Fastest News Publisher

बुटवलमा बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

   
1071   पटक पढिएको

अर्घाखाँचीबुलेटिन ।
साउन ९ ,अर्घाखाँचीबुलेटिन -रुपन्देहीको बुटवलमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।

बुटवल नगरपालिका वडा नम्बर -१६ नरेश्वर टोल बिकास संस्थाको नाममा डहर गाउँमा रहेको खेल मैदानमा क्रिकेट रंगशाला निर्माण हुने भएको छ । उक्त क्रिकेट रंगशालाको नाम बुटवल नरैनापुर् अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बुटवलको वडा नम्बर - १६ डहर रहने भएको छ ।

                                                                                               (अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने स्थान)

आज बुटवल क्रिकेट बिकास समितिले क्रिकेट रंगशाला निर्माणको लागि बुटवल उप -महानगरपालिकालाई कागज पत्र बुझाएको छ ।आर्थिक बर्ष २०७६/ ७७ को वडा भेलाले बुटवल क्रिकेट बिकास समिति संग समझदारी गरि क्रिकेट रंगशाला निर्माणको लागि उप -महानगर पालिका सँग आवश्यक बजेटको व्यवस्था गरि थप बजेटको लागि प्रदेश र केन्द्रमा पत्राचार गर्ने व्यवस्था हुनुका साथै क्रिकेट बिकास समितिको सहकार्यमा बुटवल उप -महानगरपालिका बाट येथा शिघ्र आवश्यक बजेट व्यवस्था गरि क्रिकेट मैदान निर्माण कार्य शुरु गर्न सहजता प्रधान गर्न अनुरोध गरिएको छ  ।

अबको केहि दिनमै रंगशाला मैदानमा बोर्ड अनावरण र तारबारको काम हुनेछ !यस अघि बुटवल क्रिकेट बिकास समितिले क्रिकेट रंगशाला निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिनु हुन् स्थानीय प्रशासनलाइ अनुरोध गरेको थियो ।

फलस्वरूप बुटवल उप -महानगरपालिका १६ का वडा अध्यक्ष राम प्रसाद रेग्मी तथा बुटवल क्रिकेट बिकास समिति बीच छलफल पश्चात अध्यक्ष नेत्र पौडेल बीच सहमत भए अनुरुप रंगशालाको कामले पूर्णता पाएको थियो। स्तरीय क्रिकेट मैदानको अभावमा केहि समय अघि पुनर्गठन भएको बुटवल क्रिकेट बिकास समितिलाई राम्रो खालको क्रिकेट प्रतियोगिता आयोजना गर्न समस्या भइरहेको छ।

बुटवल उप -महानगरपालिकाभित्र स्तरीय क्रीक्त मैदान नहुँदा क्रीक्त बिकास समितिलाई प्रित्योगिता आयोजना गर्नको लागि बुटवल भन्दा बाहिर जानु पर्ने समस्या रहेको छ ।श्रोत क्रिकेट हिमालाय 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी