Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीकी चर्चित गायिका पार्वती पाण्डेको मौलिक तिज कोशेली "न्याउली चरी "बजारमा सार्वजनिक(भिडियो सहित )

   
2682   पटक पढिएको

कमला थापा,सन्धिखर्क ।
साउन १० ,अर्घाखाँचीबुलेटिन -अर्घा दरवार फिलिम्स प्रा.लि.को प्रस्तुतिमा गायक प्रकाश अधिकारि र पार्वती पाण्डेको तिज कोशेली "न्याउली चरी "बजारमा सार्वजनिक भएको छ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडा आपखोला घर भएकी चर्चित लोकदोहोरि गायिका पार्वता पाण्डे पछिलो समयमा नेपाली लोकसंगीतमा दर्शक श्रोताहरु बाट निकै नै चर्चा बटुल्न सफल भएकी छिन ।

गायिका पाण्डेले आजको मिति सम्म एक दर्जन भन्दा धेरै लोकगित र तिज गितहरु बजारमा ल्याई सकेकी छिन यसै गरि नेपाली महिना दिदीबहिनीहरुको महान चार्ड हरितालिका तिज २०७६ सालको अवसरमा अत्यन्तै मौलिक तिज गित "न्याउली चरी "बजारमा सार्वजनिक गरेकी छिन।

यस तिज गीतमा चर्चित अर्घाखाँचीका लोकगायक बसन्त लम्साल र अर्घाखाँचीकै सुमुधुर आवाजकी धनि पार्वती पाण्डेको स्वर रहेको छ भने शब्द आदेश थापा/बिक्कु कुँवर र संकलन गायक लम्सालको रहेको छ ।

अर्घा दरवार फिलिम्स प्रा.लि.को बजार व्यवस्थापनमा रहेको तिज कोशेली "न्याउली चरी "को एरेन्ज गायक बिश्वास नेपालले गरेका छन। म्युजिक भिडियोको निर्देशन/छायाँकन सम्पादन -बिष्णु भट्टराईले गरेका छन ।

अविरल फिलिम्स प्रा.लिले दृश्य निर्माण गरेको यस गीतमा कोरियोग्राफी ,मधु परियार ,शृंगार ,सुगन शर्मा र मोडल सन्तोष शर्मा ,चन्द्रिका बिपिन ,हरि र अनुष्काको दमदार अभिनय रहेको छ ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया