Arghakhanchi Bulletin : The Fastest News Publisher

मैले थाहा भए देखि हालसम्मको भोगाइ हरुको यथार्थ जीवन घटना:पदम बहादुर बिष्ट

   
438   पटक पढिएको

अर्घाखाँचीबुलेटिन।
साउन १० ,अर्घाखाँचीबुलेटिन - मेरो नाम पदम बहादुर बिष्ट हो । बि.स.२०४० साल कार्तिक १५ गते मंगलबारका दिन बाबु अमरबहादुर र माता पद्ममाया बिष्टको१०औ सन्तानको रूपमा भोजपुर जिल्लाको छिनामखु को लुकनागीमा मेरो जन्म भएको हो। सानैदेखि चन्चले म स्वभावैले पुल्पुलिएको सन्तान थिए।

मेरो हजुरबुबा गाउँको मुखिया हुनुहुन्थ्यो, सबै गाउलेहरूले मानेको परिवार थियोे मेरो। सानो छ्दा त सुखसायलमै दिनहरु बितिरहेका थिए , मलाइ थाहा छ जतिबेला म ५ बर्षको थिए , पिसाब फेर्न नसकेर एकदमै पीडाले छट्पटी रहेको थिए जतिबेला मेरि आमा मलाई पिठ्युँमा राखेर रुदै मेरो छोरालाई के भयो भनी धामीझाँक्री खोजीमा मान्छे हरु पठाउनु भयो।

पहाको ठाउ डाक्टरको त कुरै भएन लगभग २०/२२ घन्टा पछि मेरो पिसाब खुल्य्यो धेरै थियो पिसाब जमेको खोइ के के घरेलु औसधि खाएपछि खुलेको हो । जतिबेला आमाको माया कतिहुन्छ आफ्नो सन्तान प्रति भन्ने थाहा भयो। यसरी नै दिनहरु बितिरहेका थिए ।आमालाई पनि घरीघरी बेहोस हुने बिरामीले पीडित हुनुहुन्थ्यो।

पहाडको ठाउँ काम नगरी कसैले पनि खान नपाउने यसै सिलसिलामा मा साउनको महिना थियोे कोदो र सुठुनी रोप्न सबै तिर धमाधम थियो। हाम्रो पनि दाइ र बुबा रोप्ने ठाउँ बनाउन थाल्नु भयो आमा सुठुनीको बेला लिन जानू भयो।जतिबेला म ८ बर्षको थिए कक्षा३ मा पढ्दै थिए ।

बिहानको समय थियो आमा फर्केर आउनु भएन न आएपछि होज्न गयौं जताततै बोलायौ खोजी धेरै बेर भयो रुवाबासी चल्यो तर बिडम्बना आमा भिरबाट लडेर ५०० मिटर तल बेहोस अवस्थामा हुनुहुदोरहेछ टाउकोमा ठूलो चोट लागेकोले होला रगत धेरैनै बगिरहेको थियो । आमालाई त्यही छोप्ने बिरामले यो अवस्थामा पुर्याएको थियो।

गाउले सबै भएर आमाको शरीर बोकेर घरमा लगियो पहाडको बिकट ठाउँ उपचार गराउन लाने कुनै अवस्था थिएन घरेलु उपचारले उहालाइ सम्भब थिएन । नभन्दै सात दिनमा उहाको चोला उठ्यो हामी सबै लाई टुहुरो पारेर आमाले हामिलाइ सदाको लागि छोडेर जानुभयो।

मेरो हजुरबुबा मुखिया भएरै होला सार्है कडा हुनुहुन्थ्यो त्यसको बाबजुद पनि आमा बितेको छ महिना न बित्दै बाबुले सौतेनी आमा ल्याउनु भयो। घरको स्थित पनि ज्यादै दयानिय नै हुनुपर्छ त्यसैले बुवाले सौतेनी आमाल्याउनु भाको २ दाजु र २ दिदिको म जन्मनु भन्दा पहिलेनै बित्नु भएको रे बाकी २ दिदिहरु शारीरिक अपाङ्ग एउटा दिदिको बिबाह भैइसकेको एउटा दिदि एउटा दिदी सानै हुनुहुन्थ्यो दाइ पनि अकडो खालको हुनुहुन्थ्यो ।

एता मलाई पनि उहीँ दिदिहरुकै रोगले आक्रमण गरिसकेको रहेछ। यसरी दिनहरु बितिरहेका थिए सौतेनी आमाको पिडासहन गर्दै मैले प्रा बि तहको पढाई पूरा गरे। थप शिक्षाको लागि त्याहा नभएको र मा बि स्कुल निकै टाढा भएकोले म माइली दिदिको घरमा बसेर पढ्ने भनेर गए ।

त्याहा करिब ४ महिना जति पढेपछि एकदिन दिदिको बुढी ससासुअझै हुनुहुन्छ म पढिरहेको थिए छेउमा आएर बस्नुभयो अनि भन्नू भयो "बाबू भतुवाले पनि नगरी खान पाइन्दैन त" जतिबेला म १२ बर्षको थिए ।मलाई लाग्यो यी बुढिले मलाइनै भनेकी हो तेसैले म त्याहाबाट घर आए बुवा दिदिले किन आको भनेर सोध्नुभयो मैले केही बोलिन भिनाजु पनि लिन आउनु भएछ।

तर म जान मानिन म रोइमात्र रहे सबैले गाली गरे बिग्रीने मतिको राम्रो मान्छे बन्छ होला ठुलो मान्छे बन्छ होला आमाको आत्मालाइ शान्ति दिन्छ होला भनेको नगर्ने भईश हैन । मलाई थाहा छ मेरो आमाको उपचार नभएको कारण आज हामी टुहुरो हुनुपरेको सौतेनी पीडा सहनु परेको सबैको पढेर डाक्टर बनाउने उद्देश थियोे ।

म पढ्न त्यो घर फेरि फर्केर नजाने भए त्यो बुढिको तीखो बाण मेरो छातीमा बिझिरहेको थियोे यसरी दिन बित्दै थिए ।

तराइबाट मेरो सानिमाको छोरा दाइ भगवान बनेरआउनु भएछ मेरो अवस्था थाहा पाएर सानिमा पनि एक्लो दाइ पनि घरबाहिर नै बढी बस्नुपर्ने भएको ले पढ्छ पनि फुर्सदमा मलाई कामपनी सघाउछ भनेर लिन पठाउनु भा रहेछ।नभन्दै म दाइसग तराइतिर लागे सौतेनी टचर अनि आमाको आत्मालाई सान्ती प्राप्त गर्नलाइ जतिबेला मेरो शारीरिक अवस्था मा हल्का रोगले आक्रमण गरिसकेको थियो।

म बि स २०५३ साल फागुन ९ गते सोमबारदेखि श्री धिरनाथ सं बिश्वास मा बि मा मेरो आध्यायन क्रम जारी रहयो। मेरो हजुरबुबा र जेठी अपाङ्ग दिदिको त पहिलानै मृत्यु भैसकेको थियो । बिडम्बना भनौ या नियति म तराई आएको ३पछि बुबाको पनि चोला उठेछ।अबत झन पक्का टुहुरो नै भइयो ८ बर्षको हुदा आमाले र १३ बर्ष नपुग्दै बुवालेपनि छोडेर जानुभयो । दाइ सोझो दिदी सानै अर्को अपाङ्ग दिदी तराई मामाघरमै हुनुहुन्थ्यो ।

अब सौतेनी आमाको घरमा रजाइँ भयो उ पट्टीको एउटा छोरी पनि थिइ भएको सबै सम्पत्ति काकाको मिलेमतो मा हिनामिना गरिदिइ र त्यो छोरी लिइ अर्को बिबाह गरेर गोइछिन।अब बिचल्ली त ती सोझो दाइ र सानी दिदिको भयो ।मलाई रोगले निकै सताइरहेकै थियोे ।

नभन्दै मामाहरु गएर अलिअलि बचेको बेचेर तराईमा एउटा झुपडी बबाइ राखिदिनु भएछ। म भने राम्रोसँग पढिरहेको थिए एस एल सि पनि दिए रिजल्ट पनि राम्रै आयो अब उच्च शिक्षाको लागि कहाँ पढ्ने के पढ्ने भन्ने बिषयमा छ्लफल भयो मेरो एस एल सि मा त्यति ताम्रो अंक नआएको गरिबी को कारण मैले मेरो सपना पूरा गर्न नसक्ने भए। पढ्न भौसाबारी क्याम्पस जाने निर्णय भयो आफन्तको घरमा बसेरपढ्ने भैइयो मेरा छोराछोरी पनि पढाउछ अनि आफू पनि पड्छ भनेर आफन्तले भन्नुभयो ।

जतिबेला म निक्कै अशक्त भइसकेको थिए। उच्चशिक्षा हासिल गर्न लागियो राम्रोसँग नै २/३ महिना बित्यो अनि दसैंको बिदा भयो म पनि घर आए दशैमानेर फेरि पढ्न गैइयो राम्रो सग दिन बितिरहेक थिए परिक्षा पनि नजिकै आइरहेको थियो ।

अत्याधिक जाडोको कारण १० दिनको लागी कलेज बिदा भयो।आज म सुनाउदै छु मेरो कथा छुट्टीमा फेरि घर आए म घर आएपछि मलाई एउटा हुँदै नभएको लाल्छना लगाए ती आफन्त भनौदा ले पहिले दिदिको घरमा पनि एस्तै भयो अहिले यहाँ पनि म सुनाउदै छु मेरो कथा एता रोगले पनि दिनानुदिन गाह्रो बनाइरहेको थियो यी आफन्त भन्ने स्वार्थिले आफ्नो स्वार्थ पूरा गर्न मलाई प्रयोग गरेको रहेछ ।क्याम्पस संचालक अध्यक्ष ले ४हजार लगेको रहेछ उठाउन नसकेको ले मेरो फि बाट अधाइ गर्नु रहेछ ।

त्यो पाएपछि उसले मेरो खुत्रुकेको पैसा चोरी गर्‍यो भनेर गलत आरोप लागायो मलाई घरबाट निकाल्ने बहानामा । त्यस पछि म त्यो घर गइन घर्मै बसे घरबाट धाउन पनि नसक्ने साइकल चलाउन पनि गाह्रो भइरहेको थियो मलाई अब परिक्षा पनि दिन पाइन यो बाध्यता थियो मेरो त्यसै बेला बि स २०५९ साल पौष मै नजिकैको प्रा बि स्कुलमा पढाउन त्यसैबेला २०५९ साल पौष देखि नजिकैको प्रा बि स्कुलमा श्री रणपाल प्रा बि मा पढाउन भनेर जान थाले नभन्दै ठाउँ खाली नै रहेछ।गरिबीको कारण त्यसमाथि अशक्त जीवन जुन बेला म घरमा बस्न थालेको थिए।

आज म मेरो यथार्थ भोग्नुपरेको पल सुनाउदैछु। अर्को अपाङ्ग दिदी पनि सगै हुनुहुन्थ्यो दाइले पनि बिबाह गर्नु भएको आफुभन्दा पनि अझै शोझो प्रष्ट बोल्न पनि नआउने कान्छी दिदी त राम्रै हुनुहुन्थ्यो ।उहाहरु दिनरात अर्काको खेतबारीमा बेस्त हुनुपर्ने नत्रखान नै समस्या हुने राम्रो लगाउने त परै छोडौ म बिहान खाना बनाउथे अनि खाना खाएर जुन लुगामा घर बसेको त्यही लुगा लगाएर स्कुल जाने गर्थे के सोचेर तराई झरेको के भयो जिन्दगी यो स्वार्थी आफन्त ले मेरो गरिब अनि अपाङ्ग जिवनमाथि ठूलो तुसराघात गरेको छ। मेरो सपनाहरू सबै चकनाचुर बनाइदिए को छ।

म स्कुलमा यहि हुलियामा ३/४ महिना बिताए अनि बि स २०६० साल बैशाख देखि मेरो पनि हाजिरी हुन शुरु गर्दिनु भयो प्रधानाध्यापक श्री शंकर प्र.ढकाल ले । म आज सुनाउदै छु मेरो जिन्दगीमा भोगाइका पलहरु पढाउने क्रममै मलाई कसैले मन पराउने हल्ला मेरो कानमा पर्न आयो मलाई पनि खुल्दुली भयो।यस्तो शारीरिक अवस्थाको कम्जोर भएको मान्छे म त्यसमा पनि गरिबी मैले भेट्न आग्रह गरे नभन्दै भेट भयो सबै कुरा मेरो बताए उनले सबै सहर्ष स्वीकार गरिन। अभागी खप्पर जहाँ गयो उहीँ ठक्कर भनेझैं सबै गाउले मिलेर उनलाई डाडो कटाउने भएछन् ।

उनको काकाको घर सर्लाहीमा । तर उनले थाहा पाएर मलाई खबर पठाइन यदि हजुरले मलाई एक दिन मात्रै ढिलो गर्नुभयो भने मेरो र हजुरको कहिले पनि भेट हुनेछैन । हाम्रो मायाको शुरुआत भएको मात्रै २ महिनामात्रै भएको थियोे फक्रीन नपाउदै कोपिला मै हाम्रो माया छुटाउन खोजेपछि मैले पनि केही नसोची उनलाई सदाको लागी आफ्नो बनाउने निर्णय गरि बि स २०६५ साल जेष्ठ १५ गते नजिकै को मन्दिर साची राखेर उनको खाली सिउदो रंगाइ आफ्नो बनाइ छोडे पछि पनि निकै टचर दिए कलिलो उमेरमा बिबाह गरिस भनेर भने बिबाह हुँदा उनी १६ बर्ष कि थिइन भने म २४ बर्षको थिए ।

यति कलिलो उमेरमा पनि मेरो दुखमा साथ दिन चाहाने मेरि जीवन साथिलाइ म सच्चा ईश्वरको प्रकटको रुपमा चाहन्छु ।मेरो अवस्था झन्झन् बिग्रदै गैइरहेको छ। मैले मेरि उपचारका लागि को २०५४ सालमा बिराटनगर नसा विशेषज्ञ डा. बिरेन्द्र बिष्ट लाई देखाउनु गएको उसले मेरो तिघ्राको मासु काटेर मसल्स बायोप्सी टेस्टको लागि लन्डनमा लगेर चेक गरेर ल्याउछु भनेर लग्यो कुनै रिजल्ट आएन भारतका विभिन्न ठाउँमा गए कतै केही भएन धामीझाँक्री कति गरियो क्रीस्चियन पनि भइयो तर कतै केही भएन फेरि २०६२ साल असोजमा उहीँ बिरेन्द्र बिष्टसगै राम्रो टेक्नोलोजी बाट उपचार गर्न थाल्यो भनेर गैइयो फ़ेरि पिडुलाको मासु काटेर मसल्स बायिप्सी टेस्ट गर्‍यो ।

नसक्ने भएर दक्षिणी भारत साइबाबा हस्पिटल बैङ्लोर रिफर गर्दियो ।न भएको ऋण खोजेर त्याहा पनि पुगे तर केही भएन अनि अब चै केही पनि नगर्ने भनी ढुक्कसँग बस्न थाले।झन्झन् मेरो शारीरिक अवस्था बिग्रदै गइरहेको थियो मैले स्कुलमा काम गर्न छोडिन निजिस्रोतमा २०६७असार सम्म गरे जनक सर र तत्कालीन बि ब्या स का अध्यक्ष रामेश्वर बिक्रम थापा र प्र अ शंकर सरको पहलमा जि सि का बाट प्राप्त प्रा बि अपाङ्ग राहत कोटामा बि स २०६७/०४/३० नियुक्ति भैइयो।

मलाइ मेरि जीवन साथिको धेरै ठूलो सहयोग पाएको छु हाम्रो १० बर्षकि छोरी र ८ बर्षका छोरा छ्न छोरी ५ र छोरा ३ कक्षामा अध्ययनरत छ्न। मेरो पारिवारिक अवस्था अझैसम्म नाजुक नै छ दाजु बेपत्ता भएको ११ बर्ष भयो अझैसम्म कुनै अत्तोपत्तो छैन दाजुको ३ सन्तान छ्न भाउजूको अवस्था पनि उस्तै छ जसोतसो दिदिको बिबाह गरिदिए मेरो त अहिले हिड्न सक्ने अवस्था छैन सुताइ दिनु उठाइदिनु पर्छ सौच गर्न पनि सार्है कठिन छ सुतेको ठाउँमा पनि ओल्टाइपल्टाइ गर्दिनु पर्छ । स्कुल जान आउन व्हीलचियरको प्रयोग गर्ने गरेको छु ।

त्यसमा आफै कुदाउन सम्भब छैन ।मेरी श्रीमती को सहायतामा ठेलेर स्कुलसम्म पुर्याउनु अनि दिनभर विद्यार्थी र शिक्षक साथीहरू को सहयोगमा भित्र बाहिर कक्षा कोठामा जाने गर्छु व्हीलचियरमै बसेर बिद्यार्थीहरुलाइ पढाउने गर्छु अनि चार बजेपछि फेरि श्रीमती लिन जान्छिन ।दुई परिवारलाई मेरो एक्लो परिश्रमले चलाउन परेको छ ।८ जनाको परिवार चलाउनुपर्ने दुख बिराम शिक्षा दीक्षा बहुत कठिनाइ का साथ दिनहरू बितिरहेको छ।

उपचार गराउन पाएत निको हुन्थ्यो कि अझै आश लागिरन्छ तर मेरो त खर्चको सम्भबनै छैन एउटा एलेक्तृक व्हीलचियएर मात्रै भए पनि मेरी श्रीमतीलाई यतिधेरै दुख त नहुनेथियो कि?जसम्म मैले कुनै उनको इच्छापूरा गर्न सकेको छैन म अशक्त र गरिबी भएकै कारण हो। हुनत मलाई बिबाह गरेको ११ बर्ष भयो कहिले पनि मलाई यस्तो चाहियो भनेर भनेकी छैनन् ।

किनकि उनि मेरो जिवनको भगवानरुपि अवतार हुन उनले मेरो सबै अवस्था देखेरै साथदिन आएकी थिइन।भोलिको दिनहरू कसरी चल्नेछ त्यो त म भन्न सक्दिन।

आज यो मैले लेखेको दिनसम्मको मेरो यथार्थ जिवनका भोगाइ का पलहरु हुन यी मैले कुनै बनावट बनाएको छैन।मैले यो लेखमा मेरो हालको ठेगाना समाबेश गरेको छैन । 

मेरो नाम पदम बहादुर बिष्ट हो।

मोरङ जिल्ला बेलबारी नगरपालिका वार्ड नं. ०८ प्रदेश नं. -१
सम्पर्क न. +९७७९८४२०९८७३०\+९७७९८२९३१४०८९ what apps +९७७९८४२०९८७३०
मलाई फेसबुक / ट्विटटर / इन्स्टाग्रामा पनि सर्च र फ्लो गर्न सक्नुहुनेछ ।।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया