Arghakhanchi Bulletin : The Fastest News Publisher

मैले कमाएको सम्पतीको कर आखिर के का लागि ? जीवन खनाल

   
587   पटक पढिएको

अर्घाखाँची।
साउन ११ ,अर्घाखाँचीबुलेटिन -म बिहान ५ बजे उठ्छु । म घरमा सुत्छु । यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो । म यसको कर तिर्छु ।

मैले बिहान खाएको चियाको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ । म दिनमा 12-18 घण्टा काम गर्छु । मैले त्यसबाट अलिकती भए पनि पैसा कमाउछु । तर, त्यसमा पनि कर लाग्छ । म गाडी किन्छु । त्यसमा कर तिर्छु । प्रत्येक वर्ष कर तिर्छु । म पेट्रोल किन्छु । त्यसमा पनि कर तिर्छु ।

म सडकमा गाडी कुदाउँछु । त्यसको पनि कर तिर्छु । म हिड्ने पाइला पाइलाको कर तिर्छु । त्यस्तै, म बिरामी हुन्छु । डाक्टरलाई जचाउँदा पनि कर तिर्छु । म औषधि किन्छ । त्यसमा पनि कर तिर्छु । म बिजुलीको शुल्क तिर्छु । त्यसमा पनि कर तिर्छु । म पानी पिउँछु । त्यसमा कर तिर्छु ।

तर त्यही हामिले तिरेको कर बाट नेता ,मन्त्री र हाकिमलाई महँगो गाडी किन्छ । ठेकेदार को ठेक्का बाट कमिसन र सोझा आम नागरिक बाट जबर्जस्ति पैसा असुलि आफ्नो सात पुस्ता लाई पुग्ने गरि अबैध सम्पती कमाउछ । गरिब जनता का छोरा छोरीको भबिस्य बिगारेर आफ्नो छोरा छोरी लाई बिदेश मा पढाउछ ।

महंगा घर बंगला खडा गर्छ । र त्यही कर बाट दलका नेता र कार्यकर्ता लाई खर्च बाड्छ । गरिब जनताले बिरामी हुदा सिटामोल त पाउदैन त्यही जनताको कर ले बिदेश मा घुम्न र उपचार गराउन जान्छ । बच्चा जन्मिए कर , मान्छे मरे कर जे गर्दा पनि कर नै कर ! आखिर कहिले सम्म जनताको पसिना मा रजाइ गर्ने यी नेता हरुले ?

हामी यहि देश का नागरिक हौ आखिर कहिले सम्म दासी भएर बस्ने यी नेता हरु को र कहिले सम्म बिना काम को कर तिरी राख्ने । अब हरेक नागरिक सचेत हुन जरुरी छ ।

आखिर कहिले सम्म युवाहरूलाई खाडी मा बस्न बाध्य बनाउने र किन त्यही युवा ले पठाउने रेमिटेन्स मा रजाइ गराउने नेताहरु लाई, आखिर कहिले सम्म यी नेताहरु को गुलाम भएर बस्ने ? चुनाब को बेला जनताले पैसा मा बेचेको कारण आज यो सब देख्नु र भोग्नु परेको छ ।

हाम्रो पसिना मा अब रजाइ गर्न दिनु हुन्न । एक पटक सबै ले राम्रो संग सोच्ने दिन आएको छ ।

उहीँ कर पिडित जनता
जीवन खनाल
प्युठान न पा ४ प्युठान

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

कुवेत lनेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

विचार/ब्लग

विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी

नेत्र मरासिनी,सन्धिखर्क। विगतको इतिहास भन्दा वर्तमानको यथार्थलाइ सुधार्दै जनताको आर्शिवाद सिरोधार्य गरीयोस्: नेत्र मरासिसिनी