Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका चर्चित सर्जक ,मोडल कृष्ण सापकोटाको अभिनयमा र गायिका राधा आचार्य अधिकारीको तीज कोशेली "सधै तमासा" बाजारमा सार्वजनिक(भिडियो सहित )

   
1140   पटक पढिएको

हरि कुँवर ,अर्घाखाँची ।
साउन १२ ,अर्घाखाँचीबुलेटिन -सापकोटा प्रोडक्सनको प्रस्तुतिमा राधा आचार्य (अधिकारी) र मोतीराज खनालको सुमुधुर स्वरमामा सजिएको कमेडी तीज कोशेली " सधै तमासा " बजारमा सार्वजनिक भएको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०७६ लाई लक्षित  गरि गीतहरु सार्वजनिक हुन थालेका छन् । अर्घाखाँचीका कलाकार सुटिङमा व्यस्त भएका छन । एक पछि अर्को तीज म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा प्रतिस्पर्धा भएको पाइन्छ ।

सापकोटा प्रोडक्सन प्रा.लिको उत्पादक /वितरकमा रहेको यस गितमा गायिका राधा आचार्य "अधिकारी" र मोतीराज खनालको स्वर रहेको छ भने शब्द मोतिराज खनालकै रहेका छन।

यस तिज गितमा संगीत गीता पराजुलीले भरेकी छिन ,म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना (गुरु आमा)ले गरेकी छिन भने छायाँकन सुरेश श्रेष्ठ ,सम्पादन प्रकाश धमला ,शृंगार श्याम मल्ल, र भिडियोको दृश्य निर्माण स्मृति तिमिल्सिना (गुरु आमा)फिलिम्स प्रा.लिले गरेको छ ।

भिडियोमा चर्चित हास्यब्यंग/मोडल कमल गाउँले ,रन्जु अधिकारि ,इमा मगर र पछिल्लो समयमा नेपाली लोकसंगीतमा अत्यन्तै चर्चा कमाउन सफल सर्जक ,मोडल अर्घाखाँचीका शान कृष्ण सापकोटाको दमदार अभिनय रहेको छ ।

गत सनिवार गीतको बिमोचन विकास प्रेमी नेता टोप बहादुर रायमाझी , नजिर मिया लगायत को उपस्थितमा भएको थियो भने गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको छ।

">भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया