Arghakhanchi Bulletin : The Fastest News Publisher

परिवारको लागि खुसी खोज्दै खाडी पुगेका हरि फर्केर आउँदा न श्रीमती छन् न त सम्पत्ती (हेर्नुहोस भिडियो )

   
417   पटक पढिएको

काठमाडौं।
साउन १५ ,अर्घाखाँचीबुलेटिन - विदेशमा परिवारको खुसी खोज्न गएका युवाले पाएको धोकालाई समेटेर तीज गीत सार्वजनिक भएको छ ।

परिवारका लागि खाडीमा पसिना बगाउने पतिलाई छोडेर गाउँमा पत्नीले अर्कै रोजेपछिको पीडा दर्शाएर तीज गीत उधारो २ सार्वजनिक भएको हो । तीज नजिकिदै गर्दा अहिले तिजको गीत सार्वजनिक गर्ने होडवाजी नै चलेको छ । तर केहीले मात्र यो भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सकेका छन् ।

यस्तै छुट्टै पृष्ठभूमी भएको गीत मात्र वजारमा चल्ने गरेका छन् । लोकगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका हरि डिसी, उषा मगर र विरेन्द्र खड्काले पनि तीज गीत सार्वजनिक गरेका छन् । मौलीक तीज भाखामा सार्वजनिक भएको गीत उधारो २ मा दुर्गा केसीको लय तथा हरि डिसीको संगीत छ ।

गीतमा पति पत्नीको माया विच्छेद भएको दर्शाइएको छ । धिताल फिल्म प्रालि ले सार्वजनिक गरेको गीतमा विदेश गएर हराएका पतिलाई पत्नीले दिएको धोका देखाइएको छ । परिवारको खुसी खोज्न गएको पतिलाई पत्नीले नै धोका दिएपछि पुरुषले भोगेको पीडा देखाइएको हो ।

विदेश गएको पति भन्दा गाउँमै अर्को धेरै माया गर्ने मायालु भेटाएको भन्दै पत्नीले जवाफ गीत मार्फत दिएकी छन् । जग्गा धितो राखेर विदेश गएका युवकले फर्कदा आफ्नो परिवार समेत गुमाएको मार्मीक पीडा कम्ती हृदयविदारक छैन ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया