Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

हामि भेडा जनता: जीवन खनाल

   
988   पटक पढिएको

अर्घाखाँचीबुलेटिन। सधै अरुलाई दोस दिने हाम्रो बानी कहिल्यै नजानि
कहिले भन्छौ यो देश नै खराब छ, यहाको system नै
खराब छ, यहाको नेता नै खराब छ, देश त एउटा भुमी
हो, system त हामिले नै बनाको हो, नेता त हामिले
नै चुनेको हो, भने अरुको किन कुरा गर्ने?? आफ्नो
हेर्नुस, यहा देश खराब होइन हामी खराब हो, यहा

system खराब होइन हामी खराब हो, यहा नेता
खराब होइन हामी खराब हो, हामिलाई अरुको कुरा गर्ने
अधिकार नै छैन जब हामी आफै खराब छौ भने
त्यसैले गाली गर्न बन्द गरौ राम्रो कामको समर्थन गरौ नराम्रो कामको बिरोध गरौ

चुनाब को बेला हामी जनता मासु, भात, रक्सी र पेट्रोल मा बिक्छौ अनि पछि आफै मन नपरेको खण्ड मा त्यही नेतालाई तथानाम गाली गर्छौ अनि कसरी पाउछौ त देश र जनताको भलो चाहने नेता ? र अर्को कुरा देशमा अहिले स्थापित राजनितीक दलका नेताको देश बन्नमा कुनै योगदान छैन ।

आखिर एउटा बिदेशी खुपियाको चिफ आउदा खेरी लडामती गर्दै खुट्टा ढोग्न पुग्ने नेताहरु दलाल नभए के हो ? नेपाली जनता ले त केबल सरकार छ भन्ने अनुभव गर्छन र भ्रष्टाचारी, दलाल, भु-माफिया ले देश सिद्धाउन लागि परेका छन । त्यसैले त गरिब जनता ले राम्रो संग उपचार पाउन सकेको छैन, जलस्रोत को दोस्रो धनी देश मा बिजुली र पानी को उपभोग गर्न पाएको छैन ।

एउटा राम्रो सडक बन्न नसक्दा बार्षिक हजारौले ज्यान गुमाउन परेको छ । अर्कातिर भने कोहि बुढिले रहर गरिन भनेर महिनैपिच्छे बिदेश भ्रमण हिड्छन र कोहि आफ्नो देश मा राम्रो हस्पिटल खोल्न नसकेर बिदेश मा उपचार गर्ने बहाना मा राज्यकोषबाट करोडौं रुपैया खर्च गरिसके । कसैले भने जनताको लागि भनेर जनता लाई नै दुख दिएर बन्द गर्न अघि सर्छन ।

त्यसैले त अहिले हेर्दा लाग्छ नेपाल भन्ने देश नै नेपालिले चलाएका होइन रहेछन । यो देश बाहिर बाट कसैले चलाउदा रहेछन । बाहिर बाट चलाएको देश मा जति आन्दोलन, जति जनता भोक ले मरे पनि, उपचार नपाए पनि केही नहुदो रहेछ ।

उहीँ भेडो जनता म
जीवन खनाल प्युठान 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया