Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीका चर्चित गायक बिशाल रायमाझीको "तातो तातो म:म" र "ठेल न बुढी ठेल " तिज गीतको अपार सफलता पछी पुन: यसपालीको तीजमा धमाका पिट्दै ‘नक्कले भिनाजु ३’ (भिडियो सहित )

   
895   पटक पढिएको

काठमाडौं । रायमाझी परिवारको तीज गीत नक्कले भिनाजु ३ ‘लर्के भिना’ बजारमा आएको छ । उक्त गीतमा विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वर रहेको छ ।

हरिमाया रायमाझीको शब्द र विशाल रायमाझीको संगीत रहेको गीतमा कमल सौरागले एरेन्ज गरेका छन् । कमेडी शैलीमा बनाइएको तीज गीत विशुद्ध नयाँ खालको रहेको छ ।

यसपालीको कमेडी तीजमा नक्कले भिनाजु ३ नै उत्कृष्ट रहेको छ । नक्कले भिनाजु भाग १ देखि अहिलेको ३ सम्मका सबै गीतहरुलाई दर्शकले रुचाएका छन् । राजकुमार मगरको निर्देशन र सम्पादनमा बनेको गीतको भीडीयोमा अभीनय सुरविर पण्डित, एलिना रायमाझी र अर्जुन कुँवरले गरेका छन् ।

छायांकन सागर गौतमले गरेका छन् । अर्घाखाँचीमा जन्मेर काठमाडौंमा बसी सङ्घर्ष गरेका एउटै घरका रायमाझी परिवारका दाजु, दिदि, बहिनीहरु मिलेर गीत बनाएका हुन् ।

हरिमाया रायमाझी, विशाद रायमाझी, शर्मिला रायमाझी र एलिना रायमाझीले दरबारमार्गमा क्वीन दोहोरी साँझ समेत चलाएका छन् । हरिमाया रायमाझी, विशाल रायमाझी र शर्मिला रायमाझी गायक/गायीका हुन् भने एलिना रायमाझी अहिलेको चर्चिक मोडल तथा नायिका हुन् ।

भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया