Arghakhanchi Bulletin : The Fastest News Publisher

पत्रकार पुडासैनि चितवनमा एक खुट्टाले खाटमा टेकेको अवस्थामा कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला

   
166   पटक पढिएको

चितवन ।
साउन २१, अर्घाखाँचीबुलेटिन -चितवन स्थित एउटा होटलमा पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका छन् ।

चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा उनी बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टेलिभिजनमा प्रवेश गरेका थिए ।

उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि न्यूज २४ को सिधा कुरा जनतासंग कार्यक्रममा कार्यरत थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया